Logo

Student Corner

मेराे पोखरा भ्रमण

Written by: Kabya Oli - 29014, Grade VIII

Posted on: 12 July, 2024

पोखरा, नेपालको सुन्दर सहर हो, जुन आफ्नो प्राकृतिक सौन्दर्य र रमणीयताबाट विश्वमा चर्चित छ । यो सहरमा एकमात्र अन्नपूर्ण र मच्छापुच्छ्रे हिमाल जस्ता विभिन्न  हिमालहरू छन् ।

फेवा ताल, तालबाराही मन्दिर र गुप्तेश्वर महादेवकाे सुन्दरतामा पोखरा अभिजात छ ।  यहाँको सुन्दर प्राकृतिक स्थलहरूले यात्रीहरूलाई मोहनीय बनाउँछन् । फेवा तालको ताजा हवा र दृश्यले मनमा शान्ति र रमणीयता ल्याउँछ । पोखरा विश्वकाे प्रमुख पर्यटकीय स्थलहरूमा समाहित छ । पोखरा, नेपालमा भएको एक रमणीय सहर हो जसले आफ्नो स्वभाव, सांस्कृतिक धरोहर र आन्तर्राष्ट्रिय स्तरमा प्रमुख पर्यटकीय स्थल बनेकाे छ ।  पोखरा घुम्न जानकाे लागि हामी गाडीमा म, भाइ, आमा र बाबा चढ्याैँ । काठमाडौँदेखि कलङ्की, थानकाेट, नौबिसे,  मलेखु,  मुग्लिन,  दमौली हुँदै अन्त्यमा पोखरा पुगिदो रहेछ । यात्रा चाहिँ पाँच, छ घण्टाको मात्र रहेछ । हामी बिहानको १२ बजेतिर यात्रा सुरु गर्याैँ । यात्रा सुरु हुँदा म भाइसँग बसेकी थिएँ । म र भाइ मस्त कुरा गर्दै थियाैँ । हामी कुरा काट्दा काट्दा भाइलाई निद्रा लागेछ । त्यसकारण भाइ मेरो काखैमा निदायो । मलाई गाह्रो हुन्छ भनेर आमाले भाइलाई काखमा राख्नुभयो ।

म चाहिँ झ्यालबाहिरको मनमाेहक दृश्य हेर्न व्यस्त भएँ यात्रा अवधिभर । हामी पोखरा बल्ल तल्ल पुगेपछि रुपकोट रिसोर्टमा बस्याैँ तर त्यो भन्दा पहिले हामी फेवा तालमा पुग्यौँ । फेवा तालमा हामीले डुङ्गा सयर गर्याैँ । त्यहाँ हामीले माछाहरू पनि देख्यौँ । डुङ्गा सयर गर्न धेरै मजा भयो । हामी बिस्तारै डुङ्गामा जाँदा  हामी फेवा तालमा  भएको बिचको मन्दिरमा पुग्यौँ । त्यो मन्दिरको नाम  'तालबाराही मन्दिर' रहेछ । 

हामी त्यहाँ गएर भगवानलाई दर्शन गर्याैँ । त्यसपछि हामी माछाहरू हेर्न गयौँ र हामीले  माछाहरूलाई चाराे खुवायौँ । ताल बाराही मन्दिर जसलाई ‘ताल मन्दिर’ वा ‘बाराही मन्दिर’ पनि भनिन्छ । बाराही देवी हिन्दू मन्दिर हो । यो पोखरा, नेपालको सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्मारक हो । यो मन्दिर फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित छ । मन्दिर फेवा तालकाे बीचमा अवस्थित भएकोले त्यहाँ पुग्ने एकमात्र माध्यम डुङ्गा हो । नेपाली महिना वैशाख (अप्रिल-मे) र कार्तिक (नोभेम्बर-डिसेम्बर) मा मुख्य गरी मन्छेहरु त्यहाँ आउँछन् र मन्दिरकाे दर्शन गर्छन् । 

हामीले माछाहरूलाई खानेकुरा खुवायाैँ । त्यसपिछ म र भाइलाई पनि अति नै भोक लाग्यो । 

त्यसकारण हामी नजिकैको ठाउँमा खाजा खान गयाैँ । हामी खजा खाएपछि हामी ‘डेभिड फल्स' मा पुग्यौँ । त्यसमा हामीले पताले छाँगा देख्यौँ । पानी तल पुगेपछि सुरुङ बन्छ । यो सुरुङ करिब ५०० फीट (१५० मिटर) लामो छ र जमिनको सतह मुनि १०० फिट (३० मिटर) छ । ३१ जुलाई १९६१ मा स्वीस पुरुष महिला पौडी खेल्न गएका थिए तर महिलाकाे खाडलमा डुबेर मृत्यु भएको थियो । उनको शव तीन दिनपछि ठुलो प्रयासमा फुस्रे नदीमा फेला परेको थियो । उनका बुबाले आफ्नी छोरीको नामबाट "डेभिड फल्स" नाम राख्न चाहन्थे तर देवीको पतनमा परिवर्तन गर्नुभयो । यसको नेपाली नाम पताले छाँगा हो, जसको शाब्दिक अर्थ पाताल को छाँगाे हो अर्थात् जसको अर्थ "अण्डरवर्ल्डको झरना" हो । यो नेपालको सबैभन्दा धेरै घुम्ने ठाउँहरू मध्ये एक हो । 

हामी त्यहाँ घुमेपछि फेरि रिसाेर्टमा पुग्याैँ र सुत्यौँ । भोलिपल्ट बिहान सबेरै उठेर खाजा खाएर काठमाडौँ  फर्कियाैँ ।