Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Siddhartha Aryal - 33066, Grade IV

Posted on: 12 July, 2024

हाम्रो देश नेपाल यो सृष्टिकै सुन्दर रचना र रङ्गीविरङ्गी फूलहरूको साझा फूलबारी हो । हाम्रो देश नेपाल सुन्दर अनि शान्त मुलुक हो। नेपाल धर्म, संस्कृति, कला र साहित्यको धनी देश पनि हो। यहाँ बहुसङ्ख्यक जाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरू बसोबास गर्छन् । त्यसैले नेपाललाई चार जात छत्तिस वर्णको फूलबारी पनि भनिन्छ।  यहाँ जडीबुटी र असाध्यै राम्रा फूलहरू पाइन्छन् । हाम्रो देशको राष्ट्रिय पाेसाक दौरासुरुवाल, ढाकाटोपी र गुन्युचाेली हुन् ।  हाम्रो देशको राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय चरो डाँफे, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई हाे । यी सबै चिजहरूले हाम्रो देश प्रसिद्ध छ। विश्वको सबैभन्दा ठुलो हिमाल सगरमाथा पनि नेपालमै रहेको छ। शान्तिका दूत गौतम बुद्धको जन्म पनि नेपालमै भएको हो। हामी सबैले हाम्राे देशलाई माया गर्नुपर्छ । हाम्रो देश एउटा धर्मले अर्को धर्मलाई सम्मान गर्ने धार्मिक सहिष्णुता र स्वतन्त्रता भएको राष्ट्र हो।