Logo

Student Corner

बाँसुरीका बारेमा

Written by: Aarambha Dhakal - 30046, Grade VII

Posted on: 11 July, 2024

म बाँसुरी बजाउँछु। मलाई बाँसुरी बजाउन मनपर्छ। मैले सानैदेखि बाँसुरी बजाउन सिकेको हो। मैले बाँसुरी बजाएको मेरो बालाई पनि मनपर्छ । बाजाहरूमध्ये बाँसुरी बजाउन गाह्रो छ। म हरेक शनिबार बाँसुरीका  गुरु श्रीयज्ञराज सरसँग बाँसुरी सिक्छु। मलाई बाँसुरीमा विभिन्न धुनहरू बजाउन आउँछ। जस्तै फुलको आँखामा,असारे महिनामा, सिन्धुलीगढी, च्याङ्बा है च्याङ्बा, मालश्री धुन, राष्ट्रिय गान आदि । म हरेक दिन बिहान बाँसुरीको अभ्यास गर्छु। जसमा म  सा रे ग म बजाउँछु । यो अभ्यासले मेरो घाँटी र हातको अभ्यास  हुन्छ । हरेक दिनको अभ्यासले मेरो बाँसुरीको धुनमा निखार आउँछ,भनेर गुरुले भन्नुहुन्छ । म पहिलेदेखि नै बाँसुरी बजाउने गर्थेँ । म पहिलाभन्दा अहिले राम्रो बाँसुरी बजाउँछु । बाँसुरी बजाउँदा म आराम महसुस गर्छु । म बाँसुरी बजाउँदा मेरो बुबाले रेकर्ड गर्नुहुन्छ । बाँसुरी एउटा काठको यन्त्र हो । जसमा फुकेर आवाज निकालिन्छ । यो बाजा धातु वा काठबाट बनेको हुन्छ र यसमा  साना प्वालहरू हुन्छन् । मसँग चारवटा बाँसुरी छन् । मसँग छुट्टै छुट्टै स्तरका बाँसुरी छन् । मैले बाँसुरी एक कक्षादेखि बजाइरहेको छु। मैले धेरै ठाउँमा गएर बाँसुरी बजाएको छु । जस्तै स्कुलमा मलाई धेरै  मान्छेहरूको अगाडि बजाउँन लाज लाग्छ । त्यही भएर मैले एउटा युट्युब च्यानल खोलेको छु। म 

हप्तामा एउटा भिडियो हाल्छु।