Logo

Student Corner

किताब

Written by: Saanvi Shrestha - 32015, Grade V

Posted on: 11 July, 2024

शब्द, वाक्य, अनुच्छेदलगायत विभिन्न विषयवस्तु छापिएको कागजको समूहलाई किताब भनिन्छ । किताब ज्ञानको भण्डार हो । किताबमा विभिन्न विषयवस्तु समावेश गरिएका  हुन्छन् । किताब सानादेखि ठुला आकारसम्मका हुन्छन् । किताब छापाखानामा छापिन्छन् । हामी विद्यार्थीहरूले धेरै विषयका किताब पढ्छौँ । हामीले किताब पढेर धेरै ज्ञान प्राप्त गर्छौँ । आजको आधुनिक समयमा किताब विद्युतीय  सञ्चार माध्यमबाट पनि पढ्न सकिन्छ । कुनै किताबमा तस्बिर हुन्छन् भने कुनैमा हुँदैनन् । किताबले हामीमा भएको अज्ञानतालाई हटाएर जीवनमा सही बाटो हिँड्न प्रेरित गर्छ । किताबमा पृष्ठसङ्ख्या लेखिएकाे हुन्छ । आजभोलि त अनेकौँ उपकरणहरूद्वारा किताब अनलाइन मार्फत निःशुल्क र सशुल्क पढ्न र हेर्न सकिन्छ । कुनै किताब पाठ्यक्रमसँग सम्बन्धित हुन्छन् भने कुनै किताब साहित्य क्षेत्रका हुन्छन् । हामी विद्यार्थीहरूले नियमित रूपमा पुस्तक पढ्ने बानी बसाल्नुपर्छ । किताब पढ्दा हामीलाई नयाँ शब्दको ज्ञान हुन्छ । पढ्ने बानी राम्रो हुन्छ । धेरै विषयका बारेमा ज्ञान प्राप्त गर्छौं । किताबहरू पुस्तकालयमा पनि राखिएका हुन्छन् । हामीले आफूलाई काम लाग्ने खालका पुस्तकहरू पढ्नुपर्छ।