Logo

Student Corner

भानुभक्त आचार्य

Written by: Ujjwol Dhakal - 33023, Grade IV

Posted on: 10 July, 2024

भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते तनहुँको रम्घा गाउँमा भएको थियो । उहाँको बुबाको नाम धनञ्जय आचार्य र आमाको नाम धर्मावती देवी हो । भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । मोतीराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषामा आदिकवि उपाधि दिएका थिए । त्यसैले उहाँलाई आदिकवि भानुभक्त आचार्य पनि भनिन्छ । उहाँले धेरै कृतिहरू लेख्नुभएकाे छ । जस्तैः प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा आदि । भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । भानुभक्त अघिका नेपाली कविले नेपाली भाषा साहित्यलाई सरल, सहज र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । भानुभक्तको धेरै प्रयासले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद भयो । पछि युवा कवि मोतीराम भट्टले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणलाई प्रकाशन गराउनुभयाे । रामायणलाई नेपाली भाषा साहित्यको पहिलो महाकाव्य भनिन्छ । भानुभक्तको सम्झनामा असार २९ गते विभिन्न कार्यक्रम गरी मनाइन्छ । उहाँलाई हामीले सधैँ सम्झिरहनुपर्दछ। उहाँको मृत्यु वि.सं १९२५ साल असोज ६ गते सेतीघाट तनहुँमा भएको थियो ।