Logo

Student Corner

पुस्तक समीक्षा

Written by: Nitika Kapali - 30016, Grade VII

Posted on: 09 July, 2024

यस जेठको महिना हामीले “मनझाँक्री” पढ्ने मौका पायौँ। यस पुस्तकका लेखक पुरु लाम्साल हुन् । यो पुस्तक एक नाटकसङ्ग्रह हो। यो पुस्तकमा दुइओटा कथा छन् । पहिलो कथाको नाम मनझाँक्री हो र दोस्रो कथाको नाम जिउँदाहरूको चित्ता हो। यो किताब ९१ पानासम्म लेखिएको छ। 

 

कथावस्तुः

पहिलो कथामा पाल्देन र उसको घरपरिवारको अवस्था देखाउन खोजिएको छ। पाल्देन बिरामी हुन्छ र उसको शारीरिक अवस्था ठिक हुँदैन ।  पाल्देनकी आमाको नाम वेलीमाया हो र पाल्देनकी हजुरआमा आइती हुन् र हजुरबुवा मनबहादुर हुन्। पाल्देनको दिन दिनै हालत खराब हुँदै गइरहेको हुन्छ। पाल्देन यार्सा गएर आफ्नो उपचार गर्न चाहन्थ्यो तर पुरानो सोच भएका कारण उसको परिवार मान्दैनन् र धामीझाँक्री बोलाएर उपचार गर्ने प्रयास गर्छन्। अन्त्यमा पाल्देनले वेलीमायालाई यार्सा लगेर ओखती गर्ने भन्छ र यार्सा 

गएर ऊ ठिक हुन्छ र विद्यालय जान्छ।

 

परिवेश :

स्थलगत परिवेशको रूपमा गाँउ,पाल्देनको घर र यार्सा छन्। पाल्देन को घरमा उसको हजुरआमा र आमा बस्छन्। पाल्देन बिरामी थियो तर उसको परिवारको पुरानो सोच थियो र पाल्देनको उपचार धामीझाँक्रीबाट भइरहेको थियो। अन्त्यमा पाल्देनले  यार्सा जाने अनुरोध गर्छ र पाल्देन ठिक हुन्छ।कालगत परिवेश को रुपमा यो कथा पुरानो समयको हो भन्ने अनुमान गर्न सकिन्छ। किनकि यो कथामा धामीझाँक्रीको र छौँडाको पनि कुरा गरिएको छ।

 

पात्र:

यो कथामा ५ वटा पात्रहरू छन्। मनबहादुर झाँकी हुन्,वेलीमाया मनबहादुरकी बुहारी र पाल्देनकी आमा हुन्,पाल्देन वेलीमायाको छोरा हो।

ढलकबहादुर छिमेकी दाइ हुन् र आइती वेलीमायाकी आमा हुन्। पाल्देन यो कथाको मुख्य पात्र हो। वेलीमाया र आइती अस्थिर पात्र हुन्।