Logo

Student Corner

पृथ्वीनारायण शाह

Written by: Shaurya Shrestha - 32026, Grade V

Posted on: 09 July, 2024

पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ मा भएको थियो । उनी नरभूपाल शाह र कौशल्यावती देवीका सुपुत्र हुन् । उनी गोर्खा दरबारमा जन्मिएका थिए । उनलाई नेपालको राज्य निर्माताका रूपमा चिनिन्छ । पाँच वर्षको उमेरमा हुँदा उनले शिक्षा आरम्भ गरे । सानैदेखि उनलाई आफ्नो राज्य गोर्खाको बारेमा चासो लाग्थ्यो । उनका बुबाले नुवाकोट राज्यमाथि आक्रमण गर्दा विजय प्राप्त गरेका थिएनन् । सन् १७४३ मा आफ्नो बुवाको देहावसानपछि २० वर्षको उमेरमा पृथ्वीनारायण शाहले गोर्खाको राजगद्दी सम्हाले । उनी एक प्रभावशाली राजा थिए  । आफ्नो राज्यमा बस्ने मानिसहरूसँग उनले आफ्नाे समस्याको कुरा सुनाउँथे त्यसैले त्यस राज्यका मानिसले पृथ्वीनारायण शाहलाई धेरै रुचाउँथे । उनले बाइसे चाैबिसे राज्यलाई जोडेर एउटै विशाल राष्ट्र नेपाल बनाए । पहिला नेपाल बाइसे चाैबिसे राज्यमा विभाजित थियो । पृथ्वीनारायण शाहले सबै राज्यहरूमाथि विजयी प्राप्त गरेर एउटा विशाल राज्य नेपालको स्थापना गरे । त्यसैले उनलाई राष्ट्रनिर्माता भनिन्छ । उनको मृत्यु वि.सं. १८३१ मा नुवाकाेटकाे देवीघाटमा भयो । राजा पृथ्वी नारायण शाहले नेपालको इतिहासमा ठूलो योगदान पुर्याएका छन् ।