Logo

Student Corner

पुस्तकालयकाे महत्त्व

Written by: Subigya Baral - 25026, Grade XII

Posted on: 08 July, 2024

‘पुस्तक’ र ‘आलय’ मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। सामान्य रूपमा पुस्तकालय भनेको पुस्तकको भण्डार हो भन्न सकिन्छ । हामीले पुस्तकालयमा विभिन्न किताबहरू पाउन सक्छौँ । आजको युगमा यसकाे धेरै नै महत्त्व दिइने गरिन्छ । कतिपय मानिसले घरमै पुस्तकालय बनाएका हुन्छन् । आज मानिसहरू समयलाई सही सदुपयाेग गर्नका लागि किताबहरू पढ्ने गर्छन् । पुस्तकालयमा विभिन्न क्षेत्रका किताबहरू हुन्छन् । प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नका लागि एक सजिलो माध्यम पनि हो । पुस्तकालयहरूले मानिसहरूलाई भरपर्दो सामग्री प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । तिनीहरूले ज्ञान सिक्ने र ग्रहण गर्ने प्रक्रियालाई प्रोत्साहन र बढावा दिन्छन् । 

यसबाहेक पुस्तकालयले मानिसहरूलाई ठूला शैक्षिक सामग्रीहरूमा हात हाल्न मद्दत गर्छन् जुन उनीहरूले बजारमा अन्यथा फेला पार्न सक्दैनन् । पुस्तकालयको महत्त्वपूर्ण लाभहरूमध्ये एक अरू महत्वपूर्ण प्रासङ्गिकता हो जसले विशेषज्ञता र संशोधनको क्षेत्रमा अग्रगामी अध्ययन गर्न र संशोधनका लागि आवश्यक सामग्री प्रदान गर्दछ । प्रतिष्ठित पुस्तकालयहरूले विशेषज्ञता र अनुसन्धानको क्षेत्रका पुस्तकहरू, अनुसन्धानात् लेख, जर्नलहरू, र अन्य संशोधन सामग्री प्रदान गर्दछन्, जसले विभिन्न अध्ययन तथा अनुसन्धान कार्यको लागि महत्त्वपूर्ण स्रोत प्रदान गर्दछ । पुस्तकालयको अर्थको क्षेत्रमा पनि यसको महत्व छ । केही प्रतिष्ठित पुस्तकालयहरूले आर्थिक विषयमा पुस्तकहरू, अर्थशास्त्रीय पत्रिकाहरू, तात्त्विक लेख, तथा अन्य सम्बन्धित सामग्री प्रदान गर्दछन्, जसले विभिन्न आर्थिक प्रश्नहरू र समस्याहरूको अध्ययन गर्न र विश्लेषण गर्न सहज प्राप्त स्रोत प्रदान गर्दछ । पुस्तकालयहरूको निकटतम असल समस्याहरूमध्ये पहिलो रूपमा स्थानीय राजनीतिक औद्योगिकता हो। केही स्थानीय पुस्तकालयहरू पुस्तकहरूको सङ्ग्रह वा पुस्तकालय संरक्षणको लागि पर्याप्त स्रोत वा समर्थन प्राप्त नगरेका हुन्, जसले ती असल संघर्षदाता साहित्य र विरोध गर्दछन् । यसै कारणले, स्थानीय पुस्तकालयहरूले आफ्नो समुदायमा आर्थिक समृद्धिको माध्यम वा रोजगारको स्रोतको रूपमा महत्वपूर्ण भूमिका खेल्न पनि सक्छन् । सामाजिक विरासतलाई बचाउन पनि पुस्तकालयहरूको संरक्षण र रक्षा हो । पुस्तकालय ज्ञान र सत्यको  खाेजका लागि उपयुक्त ठाउँ हाे । जब व्यक्तिले पुस्तकालयमा उपलब्ध ज्ञानलाई सही रूपमा अपनाउँछ, तब त्यसकाे सत्यता र वास्तविकताले व्यक्ति मात्र नभएर समाज पनि लाभान्वित हुन्छ । पुस्तकालय आधुनिक युगमा धेरै नै महत्त्व रहेको छ । पुस्तकालय ज्ञानको सागर हो । हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यो भने लक्ष्य र आकांङक्षा प्राप्त गर्न  सक्छौँ । यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढङ्गले प्रयोग गर्नेले भविष्यमा आफ्नो नाम कमाउन सक्छन् । हामीले ज्ञानले विश्वलाई परिवर्तन गर्न सक्छौँ । यसले हाम्रो मानसिक विकासमा साथ दिन्छ । पुस्तकालयको महत्त्व मानिसका लागि समय झैँ महत्त्वपूर्ण हुन्छ । पुस्तकालयको देश निर्माण र विकासमा एक स्थान ओगटेको छ । 

नेपलमा पुस्तकालयको निर्माणमा अगाडि बढाउने मान्छे जोन उड हुन् । उहाँले नेपालमा पुस्तकालयको सुरुवात गर्नुभयो । पहिलाभन्दा अहिले पुस्तकालय नेपालमा धेरै पाइन्छ । धेरै ठाउँमा सरकारले बनाएको हुन्छ र कतिपय समाजसेवीले बनाएको हुन्छ । यदि सबै नागरिकले पुस्तकालयको प्रयोग गरे र यसको महत्व बुझ्न सक्यो भने हाम्रो देश अगाडि बढ्न सक्छ। यदि समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण गर्न सक्छौँ । अझै गाउँहरूमा पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो । त्यसैले हामीले गाउँलाई सहरमा परिवर्तन गर्नु छन् भने सरकारी पुस्तकालय बनाउन सरकारसँग माग गर्नुपर्छ । यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरू पढ्ने छन्।पुस्तकालय हाम्रो जीवनलाई उज्यालो तर्फ लाने साँचो हो । पुस्तकालय आज सबै मानिसले पढ्ने गर्छन । सामाजिक समस्या यसका ज्ञानले हटाउन सकिन्छ । यसले जीवनको विकासमा ठुलो भूमिक खेलेकाे हुन्छ । त्यसै गरी पुस्तकालयका किताब पढनेले बिभिन्न क्षेत्रका ज्ञान प्राप्त गर्न सक्छ तर यसका महत्त्व नजान्नेले सफलता र कुनै क्षेत्रमा अगाडि बढ्न सक्दैन । पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छन् । यो हाम्रो राष्ट्रको विकासको अनुपम धरोहर हो ।