Logo

Student Corner

नाग पञ्चमी

Written by: Anukul Lamichhane - 31055, Grade VI

Posted on: 08 July, 2024

श्रावण शुक्लपक्षकाे पञ्चमी तिथिमा नागकाे पूजा गरी  नागपञ्चमी  मनाउने गरिन्छ । यस दिन घरकाे ढाेकामाथि गाईकाे गाेबरले नागकाे चित्र टाँसेर दुवाे, फूल, अक्षता, पैसा राखेर पूजा गर्ने चलन छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन् । यी अष्टकुल नागकाे पूजा गरी मूल ढाेकामाथि नागकाे चित्र टाँस्नाले घरमा आगाे र सर्पकाे भय नहुने हिन्दु धार्मिक विश्वास रहेकाे छ । नागपञ्चमीका दिन नागकाे विशेष पूजाआजा गरिन्छ । यस दिन नाग देवतालाई प्रशन्न पार्न दिनभरि व्रत बसी सूर्यास्तपछि नाग नाग फाेटाे तथा मूर्तिहरूमा खिर चढाइन्छ ।