Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Aashna Pokhrel - 33062, Grade IV

Posted on: 08 July, 2024

मातातीर्थ औँसी नेपालीहरूको एउटा धार्मिक र सांस्कृतिक पर्व हो । यसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । मातातीर्थ औँसी वैशाख कृष्ण पक्षको औँसीमा पर्छ । आमालाई आदर, सम्मान र धन्यवाद दिनको लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो संसारमा आमा जस्तो माया गर्ने अरू कोही हुँदैन । मानिसलाई जीवन प्रदान गरी यो संसार देखाउने, दुःखसुखमा साथ दिने, सही बाटोमा हिँड्न सिकाउने, आफैँ भोकै भएर पनि सन्तानलाई खुवाउने र सधैँ ज्ञान प्रदान गरेर आफ्नो जीवन सन्तानको लागि आमाले आफूलाई समर्पित गर्छिन् ।