Logo

Student Corner

अशेष

Written by: Pranjal khatiwada - 2022013, Grade X

Posted on: 28 September, 2020

अशेष  एउटा टेस्ट क्रिकेटको शृङ्खला हो । जसमा दुई  राष्ट्र  अस्ट्रेलिया र बेलायतबीच प्रस्तिस्पर्धा  हुन्छ ।  भनिन्छ; यो क्रिकेटको सबैभन्दा पुरानो दुस्मनी हो।  आशेस कि  बेलायत कि त अस्ट्रेलियामा खेलिन्छ ।  यसमा सबैभन्दा सानो उपहार भए पनि त्यसको  इतिहास दुई  राष्ट्रका  लागि धेरै नै महत्त्वपूर्ण छ । दुई दुई  वर्षको अन्तरालमा  यो शृङ्खला ५ खेलको हुन्छ ।  यदि यो शृङखला बराबर  भयो भने पहिलो पटक जुन टोलीले जितेको थियो त्यही टोलीले  नै अशेष  आफ्नो राष्ट्रमा फर्काउँछ । 

अशेषको  इतिहास १७०० वर्ष जति पुरानो छ ।  भनिन्छ, सन् १८८२ मा अस्ट्रेलियाको टोली बेलायत आएर " ओवल " भन्ने मैदानमा उनीहरूको घरमै उनीहरुलाई पहिलो पटक हराएका थिए । त्यसकारण बेलायतमा भनियो कि बेलायतको क्रिकेट मरेको छ र त्यसको खरानी (अशेष)   अस्ट्रेलियाले लैजाने छ । त्यसपछि बेलायतका  कप्तान एवो ब्लिघले अस्ट्रेलियामा गएर शृङ्खला जितेर आफ्नो गएको सम्मान र अशेष  बेलायत फर्काउने निर्णय गरे । त्यसैअनुसार बेलायती टोली अस्ट्रेलिया गए र खेले पनि । उनीहरुले खेल जिते । त्यसै समयमा त्यहाँ एउटी युवती उपस्थित भइन् । ती  युवतीले कप्तान इवो ब्लिघसँग  विवाह गरिन् ।  त्यही महिलाले उनीहरूले खेल जितेको समयमा डन्डीको माथि राखिने बैल्सलाई जलाएर एउटा सानो भाँडोमा राखेर बेलायती टोलिलाई  प्रदान गरिन् अनि बेलायतको टोली अशेषसहित फेरि बेलायत फर्के ।  यसरी नै एउटा सानो भाँडामा भएको चिजलाई दुई राष्ट्रबीच क्रिकेटको मैदानमा खेल सङ्घर्ष चलिरह्यो ।  अहिले २०१९ को कुरा गर्दा अशेष  अस्ट्रेलियासँग छ। सबैभन्दा बढी अशेष शृङ्खला अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाले हालसम्म ३३ शृङ्खला जितेको छ । रनको कुरा गर्दा सर डोनाल्ड ब्रद्मनले ५,०२८ सर्वाधिक रन जोड्न सफल भएका छन् । उनी एक अस्ट्रेलियाली  खेलाडी हुन् । सबैभन्दा धेरै विकेट सेन वर्नले १९५ लिएका छन् । उनी पनि अस्ट्रेलियाली खेलाडी नै हुन्।    

 यसरी क्रिकेट खेल जगतमा अशेषको आफ्नो बेग्लै इतिहास  छ । प्रत्येक दुई दुई वर्षमा दुवै राष्ट्रका खेलाडीलाई आफ्नो अस्तित्व बचाउने होड अशेषले केन्द्रित गर्छ ।