Logo

Student Corner

नागरिक अधिकार र कर्तव्य

Written by: Kritam Man Maharjan - 25033, Grade XII

Posted on: 04 July, 2024

नागरिक एक देशको अङ्ग पनि हाे । देशलाई विकासतर्फ लाने एक सामान्य व्यक्ति भनेर पनि भन्न सकिन्छ । नागरिक भनेको एक देशमा बस्ने, नागरिकता हासिल गरेको व्यक्ति हो । नागरिक, देशको सामान्य प्रतिनिधि भए पनि ऊसँग देश हाँक्नेसम्मकाे अधिकार हुन्छ । आफ्नो देशको निर्माण गर्ने पाउने समेत अधिकार हुन्छ । नागरिक अधिकार भन्नाले एक नागरिकले आफ्नो जीवन सहजता, समृद्ध बनाउनका निम्ति राज्यले तोकिएका तत्त्वहरू भनेर बुझिन्छ । सुरक्षा, स्वतन्त्रता, धर्म, शिक्षा, स्वास्थ्य, आदि नागरिक अधिकारअन्तर्गत मानिन्छन् । नागरिक कर्तव्यले हामीलाई आफ्नो परिवार, समाज, र देशकोप्रति जिम्मेवार बनाउँछ । एक देशको नागरिक भइसकेपछि त्यस देशको विकास र सहयोग गर्नु नै नागरिकको एक मात्र कर्तव्य हो । आफ्नो घर सँगसँगै आफ्नो नजिकका ठाउँहरू पनि सफा राख्नु पर्ने जस्ता सामान्य कर्तव्यहरू मात्र पालना गर्नु पर्ने हुन्छ । 

कुनै कुराको अधिकार पाएसँगै, कर्तव्य पनिसँगै जोडिन जान्छ । नागरिकको अधिकार र कर्तव्य देश अघि बढाउन, विकासतर्फ बढाउनका निम्ति एकदम महत्वपूर्ण दुई तत्वहरू पनि हुन् । यी दुई तत्त्वलाई दुई पाङ्ग्रे गाडीसँग पनि तुलना गर्न मिल्छ । जस्तै कुनै बैङ्कमा हेर्ने हो भए दुई पाङ्ग्रा हुन्छ र एक सरे अर्को पनि सँगै सार्नु पर्ने आवश्यक पर्दछ अनि मात्र गाडी अघि बढ्ने छ । र सँगसँगै चालक पनि राम्रो हुनुपर्दछ। अधिकार पाएसँगै ठूलो कर्तव्य पनि आउने गर्दछ । अधिकारको पूर्ण रूपमा प्रयोग गरे आफ्नो र आफ्नो देशको विकास हुन्छ । यदि नागरिकले शिक्षा प्राप्त गरेकाे छ भने उसले आफ्नो ज्ञानलाई समृद्धि र विकासको लागि उपयोग गर्न सक्छ । अधिक जानकारी प्राप्त गरी समाजमा आफ्नो भूमिका पुरा गर्न सक्छ । जस्तै एक अधिकार भनेको मतदान खसाल्न पाउनु हो ।

कर्तव्य भनेको राम्रो व्यक्तिलाई मत खसाल्नु पनि हो । यस्ता ससाना कर्तव्यलाई राम्रोसँग प्रयोग गर्ने सके देशको भविष्य उज्ज्वल हुने छ । हरेक नागरिक राम्रोसँग सुरक्षित भएर हिड्ने अधिकार सरकारले जनतालाई प्रदान गर्न आवश्यक हुन्छ । त्यस नागरिकको कर्तव्य भनेको सबै कानुनी नियम पालना गर्नु र आफू हुँदै गर्ने क्रममा सके सफा नसके फोहोर नगर्नु हो । हरेक नागरिकले आफै केही गर्ने चाहे गर्न पाउने अधिकार सरकारले हरेक नागरिकका लागि प्रदान गरेको छ । यसको भङ्ग अरु कहिले पनि गर्ने पाउने छैन । तर कानुनी नियमको पालना गर्ने र कर नछली देशलाई आर्थिक सहयोग पनि पुर्‍याउनुपर्छ । देशले दिएको खेत, बारी, जग्गाजमिनमा आफूले केही गरेर देशलाई राम्रो पुण्य फर्काउनुपर्छ । देशले प्रदान गरेको हरेक कुरा हाम्रो जीवन क्रम चलाउन निकै महत्त्वपूर्ण छ । मिलेर देशको विकास गर्न गरो हुँदैन । सबै काम सरकारको मात्र पनि होइन, देशलाई विकासमा सहयोग पुर्‍याउने भनेको सरकार र जनता सबै मिलेर हो । हाम्रो एउटा सोचले देशको विकास हुने छ र चेतनाको कमी भएकोले मानिसको आत्म विकास र क्षेत्रको विकास भइरहेको छैन । एउटै समाजमा बसिसकेपछि एक आपसमा मिलेर एक समान भएर बस्नु  पर्छ । एक अर्कोको सहयोग गर्दै विकास गर्नुपर्दछ। यसैगरी सामाजिक सहयोग गर्नु र अरूको सेवा गर्नु नै नागरिकको अर्को कर्तव्य हो । 

देशलाई विकासतर्फ लैजान नागरिकले अधिकार र कर्तव्य दुबैकाे पालना गर्न पनि आवश्यक छ । देश हाम्रै हातमा छ । एक सचेत नागरिक बनेर देशको विकासका लागि मिलेर काम गरौं र चेतना फैलाऊ । नागरिक अधिकार र कर्तव्य शान्ति, सामाजिक सुख र समानता र सहजै रूपमा देशलाई विकासतर्फ लैजाने तत्त्वहरू हुन् । नागरिक नागरिक बीच राम्रो सम्बन्ध बनाएर आफ्नो सामुदाय मिलेर विकास गर्यौ भने पनि देशको पूर्ण रूपमा छिटो विकास हुने छ । सबै कर्तव्य राम्रोसँग पालना गरे देश विकासतर्फ मोडिने छ। नियम, कानुनको पालना गरौं र देशको विकासमा मिलेर हात जुटौं र देशको विकास भएको हेरौं ।