Logo

Student Corner

मनको लड्डु

Written by: Tejaswi Basnet - 33048, Grade IV

Posted on: 04 July, 2024

मनको लड्डु कथाको लेखक यशु  श्रेष्ठ हुन् । यस चित्रकथाको चित्रकार सुरज राई हुन् । यो चित्रकथामा १८ वटा पृष्ठहरू छन् । यो कथा परिचय पब्लिकसनले प्रकाशन गरेको हाे । कथावस्तुमा  वनबिरालो निन्द्राबाट उठ्छ ।  उसले पेट छाम्छ । उसलाई भोक लागेको हुन्छ । उसले यता उता हेर्छ। उसले एउटा गुँड भेटाउँछ । उसले खुसी हुँदै गुँडमा हेर्छ तर त्यो गुँडमा अन्डा मात्र हुन्छन् । उसले अरू आहारा खाने विचार गर्छ । उसले दुई चार दिनपछि आउने विचार गर्छ। दुई चार दिन पछि आउँदा बचेरा  निस्किएका देख्छ तर ती धेरै साना हुन्छन् । उसले दुई चार दिन अरू केही आहारा खोजेर खान्छ । ऊ अर्को दिन बचेरा खान्छु भनेर जान्छ तर सबै बचेराहरू उड्न सिकिसकेका हुन्छन् । उसले बचेरा नखाए पनि पेट भरिएकै थियो भनेर चित्त बुझाउँछ । यो कथाबाट मैले लोभी हुँदैन भन्ने शिक्षा पाएँ। यो कथा पढ्दा मलाई रमाइलो लाग्यो । यस कथामा कोरिएका चित्रहरू पनि रमाइला छन् । म मेरा सबै साथीहरूलाई यो पुस्तक पढ्न अनुरोध गर्दछु।