Logo

Student Corner

मेरी आमा

Written by: Bilakshyan Banjara - 35006, Grade II

Posted on: 04 July, 2024

मेरी आमाको नाम कोपिला फुयल बन्जारा हो । मेरी आमा ३४ वर्षकी हुनुभयो । मेरी आमाले मलाई र परिवारका सबै सदस्यहरूलाई मिठा मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । आमाले मलाई सधैँ घरमा मैले नजानेका र मलाई गर्न नआएका गृहकार्य पूरा गर्न सहयोग गर्नुहुन्छ । आमाले मलाई सधैँ धेरै माया गर्नुहुन्छ । मेरा लागि मेरी आमा भगवान हो । आमाले म बिरामी भएको बेला घरमै विभिन्न घरायसी औषधी बनाएर खुवाउनुहुन्छ । आमाले मेरो विद्यालय आउँदा र घरमा बस्दा लगाउने कपडा सफा गरिदिनुहुन्छ । मेरी आमा घरको काम सकेर घरबाहिरको पनि काम गर्नुहुन्छ।