Logo

Student Corner

फेक आइडी कथा सङ्ग्रहमा सङ्ग्रहित ‘उजेलीकाे उज्यालाे’ कथाकाे समीक्षा

Written by: Jyotsana Tako - 29041, Grade VIII

Posted on: 02 July, 2024

किताबको नाम: फेक आई डी
किताबका लेखक: मञ्जु ज्ञवाली


परिचयः
यो किताब चाहिँ एक बाल रचना हो जसमा एउटा नभई विभिन्न कथाहरू मिसिएका छन् । फेक आइ डी कथासङ्ग्रह मञ्जु ज्ञवालीले लेखेकी हुन् । यो कथा चाहिँ बालबालिकाहरूलाई पढ्नको लागि हो । यस कथासङ्ग्रहले बालबालिकाको पढ्ने क्षमता बढाउँछ । किताबको कभर पेजमा हामी फोन समातेको केटी देख्न सक्छौँ । त्यो केटीले फोनबाट भिडियो हेरिरहेको देख्न सकिन्छ ।


कथावस्तुः

यो किताबको सुरुवातमा हामीले उजेली नाम गरेको एउटा केटी देख्न सक्छौँ । उजेलीको आमाले उजेलीलाई बोलाउँछन् । उनकी आमाले बिहे र उमेरको कुरा गर्छिन् । उजेलीको आमा बिरामी हुनुहुन्थ्यो र बिरामी भएसँगै कमजोर पनि हुनुहुन्थ्यो । उजेलीलाई चाहिँ कोहीसँग बिहे गर्न मन छैन । उजेलीको गाउँमा भर्खर बिजुली आएको थियो । उजेलीले मनमनै सोचिन् । हाम्रो घरमा पनि बिजुली भएको भए कस्तो हुन्थ्यो होला ?  उजेलीले रेडियोबाट आएको विज्ञापन सुन्छिन् । रेडियोमा भनेको थियो कि गाउँमा बिजुलीको तार जोड्नको लागि महिला र पुरुष जो भए पनि तालिम गर्न आउन सकिन्छ । तर आमालाई उजेलीले बिजुलीकाे तालिम लिने कुरा गरेकाे मन पर्दैनथ्याे । उजेलीको आमाले उजेलीलाई भन्छिन्, “अरूले के भन्छन् होला ? एउटा केटीले बिजुलीकाे तालिम लिन गई भनेर ।” उजेलीलाई चाहिँ आमाकाे कुराले राेकेन । गाउँमा बिजुली बाल्न मदत गर्न मन थियो । उजेली जिद्दी भएर बिजुलीको तालिम लिन जान्छिन् । तालिम लिने ठाउँमा कोही पनि केटीहरू थिएनन् । केटाहरू मात्र थिए । उजेलीलाई उनीहरूसँग बोल्न पनि अप्ठ्यारो भएको थियो । उजेलीले सरलाई भन्छिन् “ओहो ! सर यहाँ त कोही पनि केटीहरू नै छैनन् । मलाई त कस्तो अप्ठ्यारो लाग्यो ।” सरले भन्नुहुन्छ  “अप्ठ्यारो मान्नुपर्ने केही कुरा छैन, तिमी आफ्नै काममा ध्यान देऊ, अरूको कुरा नसुन ।” तालिम केन्द्रमा सबै केटाहरूले उजेलीलाई जिस्काउँथे । बिजुलीको काम गर्न केटी पो आइछ भनेर । उजेलीलाई  उनीहरूको कुरा सुनेर अति चित्त दुख्छ तर उजेली आफ्नै काममा ध्यान दिन्छिन् । पछि उजेलीले बिजुलीकाे तालिम राम्ररी गर्न सकिन् । सबभन्दा राम्रो काम पनि उजेलीले नै गरिन् । यो सबै उजेलीको मेहनतले नै भएको हो । केटाहरूको खराब व्यवहारले पनि उजेली अति दुःखी भइन् । यसरी तालिम लिइसकेपछि दिनरातको मेहनतले उजेलीले आफ्नो घरलाई पनि उज्यालो पारिन् ।

निष्कर्षः
हामीले उजेलीको कथाबाट थाहा पाउन सक्छौँ कि केटा र केटीमा भिन्नता गर्नु हुँदैन ।  केटाले गर्न सक्ने काम केटीले पनि गर्न सक्छन् र केटीले गर्न सक्ने काम केटाले पनि गर्न सक्छन् । त्यो सबैको लागि चाहिँ मेहनत चाहिन्छ । हाम्राे मेहनतमा सबै चिज सम्भव छ ।