Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Sarun Maharjan - 33029, Grade IV

Posted on: 02 July, 2024

मातातीर्थ औँसीको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । मातातीर्थ औँसी वैशाख कृष्ण पक्षको औँसीमा पर्छ । यो दिनमा हामी आमालाई मिठा मिठा खाने कुरा दिन्छौँ । आमालाई सम्मान गर्छौं । आमालाई उपहार दिन्छौँ । आमालाई माया गर्छौं । आमालाई लुगा पनि दिन्छौँ र खुट्टा ढोग्छौँ । यो पर्व हिन्दुहरूले मनाउँछन् । आमा नभएकाहरूले पनि आफ्नी आमाको  मुक्तिको लागि कामना गर्दै श्राद्ध गर्छन् । यस दिन मठमन्दिरमा गएर आमाको नाममा पुरेत बाजेहरूलाई दान गरिन्छ । मातातीर्थ औँसीमा मात्र नभई हामीले सधैँ आमालाई माया र सम्मान गर्नुपर्छ।