Logo

Student Corner

सामाजिक सञ्जालले मानिसमा परेको प्रभाव

Written by: Sparsh Prasai - 28034, Grade IX

Posted on: 01 July, 2024

सामाजिक सञ्जाल अहिले सबै मानिसहरूको एउटा महत्त्वपूर्ण कुरा भएको छ । सामाजिक सञ्जालबिना मानिसहरू बाँच्न सक्दैनन् । अहिले मानिसहरू बिहान उठेदेखि बेलुका ननिदाउँदासम्म नै सामाजिक सञ्जालको प्रयोग गर्छन् । यसले गर्दा मानिसहरू यसकाे उपयाेगभन्दा बढी दुरूपयोग गरिरहेका छन् । सामाजिक सञ्जाल यसभित्र फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, युट्युब आदि पर्छन् ।

सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरूपयोग बढ्दै जान थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । सामाजिक सञ्जालहरूमा प्रयोगको अभावमा गलत सूचना, धम्की, वा विवादास्पद विषयहरू प्रसारण गर्न सक्छन् । यसले समाजमा गलत धारणा, विभाजन, र असहमति उत्पन्न गरेका घटना हामीले सुन्दै आइरहेका छाैँ । सामाजिक सञ्जालले नेपाली समाज, राजनीति, र अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेका छन्, तर त्यसको असहज प्रयोग र दुरुपयोगले समाजमा असमानता, र असुरक्षा यातना जस्ता कुराहरू पनि बढाइरहेकाे छ । मानिसहरूले कम्प्युटर  ह्याक गरेर उनीहरूको व्यक्तिगत सूचना लिएका छन् । त्यो व्यक्तिगत सूचना लिएर तिनीहरूमाथि धम्की, त्रास फैलाइरहेका छन् । धेरैजना मानिसहरू यसको सिकार भएका छन् । सामाजिक सञ्जालले हाम्रो सञ्चारको ढङ्गलाई परिवर्तन गरेको छ । 

सामाजिक सञ्जालका केही फाइदा पनि नभएका हाेइनन् । याे मानिसकाे सचेतना र विवेकमा पनि भर पर्ने कुरा हाे । यिनीहरूले अत्यन्तै महत्त्वपूर्ण सूचना सम्प्रेषण पनि गरेका छन् । यसले हामीलाई भिन्न धारणाहरूबारे जानकारी प्राप्त गराउँछ । यिनीहरूले हाम्रो विचारलाई विश्वसनीय बनाएका उदाहरण पनि छन् ।  आजकालका युवाहरू सामाजिक सञ्जालमा धेरै समय बिताउँदैछन् । त्यसले तिनीहरूको व्यक्तित्व, धारणा, र सामाजिक जीवनमा नकारात्मक प्रभाव पारिरहेकाे छ । यसकाे ज्यादा प्रयाेगले मानिसहरूमा निराशा, चिन्ता, र आत्महत्याको अवस्थामा  निम्त्याएकाे छ । यसले समाजमा असामाजिक गतिविधिहरूलाई प्रोत्साहन गर्दछ जस्तै हिंसा, भेदभाव, अन्याय, जस्ता कुराहरू । अझ भनाैँ हाम्रो समय र ध्यान बढी इन्टरनेटमा जान्छ । जसले हाम्रो सामाजिक जीवनमा असहजता र असमानता उत्पन्न गर्न सक्छ  ।

सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरूमा सम्भावनाहरू र अवसरहरूको साझा गर्ने व्यवस्था बढाउँछ । सामाजिक सञ्जालहरूले विभिन्न शिक्षण संस्थाहरू, शिक्षक र शिक्षार्थीहरूबिचको सञ्चार र सहयोगलाई बढाउँछन् । यसले शिक्षामा सहयोग साझा शिक्षा सामग्री अरू प्रभावको रूपमा सामाजिक सञ्जालले व्यवसायिक क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ । व्यवसायहरूले सामाजिक सञ्जालमा आफ्ना ब्राण्डिङ् र सेवाहरू प्रचार गर्न अवसर पाउने गर्दछन् । यसर्थ यसका सकारात्मक र नकारात्मक असरहरू दुवै हुन सक्छन् ।