Logo

Student Corner

असार १५

Written by: Rabi Harsha Adhikari - 32013, Grade V

Posted on: 01 July, 2024

नेपाल एक कृषिप्रधान देश हो । नेपालका अधिकांश मानिसहरू कृषि पेसामा आबद्ध छन् । यहाँ विभिन्न किसिमका धर्म, संस्कृति र चाडपर्व मनाइन्छ । नेपालको मुख्य कृषि उत्पादन धान, गहुँ र मकै हो । धान यहाँको मुख्य बाली हो । धानको रोपाइँ खासगरी वर्षाकाे समय अथवा असार महिनामा गरिन्छ । असार महिनामा धेरै पानी पर्ने हुनाले खेतको माटो राम्ररी भिज्नुका साथै  पशुपालनको लागि पनि प्रशस्त हरियो घाँस उपलब्ध हुने गर्छ त्यसैले कृषकका लागि असार महिना एक विशेश महिना हो । असारको मध्य अर्थात् असार १५  हामी नेपालीका लागि धेरै महत्त्वपूर्ण र रमाइलो दिन हो । यो दिनमा माना रोपेर मङ्सिरमा मुरी फलाउने काम हुन्छ  । याे हाम्रो परम्परागत चाड नै हो । यस दिन खास गरी घर परिवारका सबै जना खेतमा जाने, हिलोभित्र छिरेर धानको बिरुवा रोप्ने, हिलोसँग छ्‌यापाछ्याप खेल्ने, असारे गीत गाउने, दही, चिउरा, आँप, केरा आदि खाएर  रमाइलो गरिन्छ । हाल यस दिनमा स्वदेशी मात्र नभई विदेशी पनि सहभागी हुन्छन् । यस दिनलाई  हाम्रो संस्कृति जोगाउने मात्र नभई पर्यटन उत्सवका रूपमा पनि मनाउन थालिएको छ । असार १५ मा कृषि कार्यमा लाग्नेहरूका लागि भ्याई नभ्याई हुन्छ ।  यस दिन दही चिउरा खाने प्रचलन रहेकाे  छ  । असार महिनाकाे चर्काे घाममा खेतमा काम गरिरहेका किसानलाई चिसाे दहीले शीतलता प्रदान गर्दछ । नेपाल धार्मिक तथा सांस्कृतिक रूपमा प्रसिद्ध छ । हाम्रा आफ्नै माैलिक परम्पराहरू छन् । असार १५ सम्पूर्ण नेपालीहरूका लागि महत्त्वपूर्ण दिन हाे । असार १५ लाई नेपालभरि धान दिवसका रूपमा  मनाइन्छ ।