Logo

Student Corner

सिंह

Written by: Aayann Upadhyay - 34053, Grade III

Posted on: 01 July, 2024

मलाई मन पर्ने जनावर सिंह हो । सिंह एक जङ्गली जनावर हो । सिंहको शरीर सुनौलो र पहेँलो रङको हुन्छ । यसका नङ्ग्रा तिखा तिखा हुन्छन् । सिंह एक मांसाहारी जनावर हो । यसले हरिण, मृग, जरायो, बंदेल जस्ता जनावरहरूको शिकार गरेर खान्छ । सिकार गर्दा सिंह एकदमै छिटो दौडन सक्छ । सिंह ओडारमा बस्छ । सिंहको बच्चालाई डमरु भनिन्छ । यसको गर्जन निकै ठूलो र डरलाग्दो हुन्छ । सिंह सबैभन्दा बलियो र साहसिलो जनावर हो त्यसैले सिंहलाई जङ्गलको राजा भन्ने गरिन्छ । मलाई सिंह जस्तै शक्तिशाली हुन मन छ ।