Logo

Student Corner

नेपालका राष्ट्रिय चिह्नहरू

Written by: Ujjwol Dhakal - 33023, Grade IV

Posted on: 28 June, 2024

राष्ट्रलाई चिनाउने चिह्न वा वस्तुलाई राष्ट्रिय चिह्न मानिन्छ। चिह्नहरू देश अनुसार फरक फरक हुन्छन् । हाम्रा राष्ट्रिय चिह्नहरू जस्तैः राष्ट्रिय फूल, राष्ट्रिय चरा, राष्ट्रिय जनावर, राष्ट्रिय झन्डा, राष्ट्रिय रङ र निसान छाप हुन् । हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो। लालीगुराँस पश्चिम भेगमा पाइन्छ। लालीगुराँस रातो रङको हुन्छ। लालीगुराँस साह्रै सुन्दर देखिन्छ। हाम्रो राष्ट्रिय चरा डाँफे हो। डाँफे हिमाली भेगमा पाइन्छ। डाँफे नौरङ्गी चरा हो। हाम्रो राष्ट्रिय जनावर गाई हो। गाई विभिन्न रङ्गमा पाइन्छ । गाईको दुध पोसिलो हुन्छ । गाईको गोबर खेतबारीमा प्रयोग हुन्छ। गाईलाई तिहारमा पूजा पनि गरिन्छ। नेपालको राष्ट्रिय झन्डा अरू देशको झन्डा भन्दा फरक खालको छ। नेपालको झन्डा तीनकुने आकारको छ । झन्डाको माथि चन्द्र र तल सूर्य रहेको छ। झन्डाको किनारमा निलो र भित्र रातो रङ छ। चन्द्र र सूर्य सेतो रङको छ। हाम्रो राष्ट्रिय रङ सिम्रिक हो। यो पनि रातो हुन्छ। हाम्रो देशको सरकारले प्रयोग गर्ने चिह्नलाई निसाना छाप भनिन्छ । निसाना छापमा नेपालको नक्सा, सगरमाथा, राष्ट्रिय झन्डा र राष्ट्रिय फूल अङ्कित गरिएको छ ।