Logo

Student Corner

असल मानव

Written by: Luniva Shrestha - 28006, Grade IX

Posted on: 27 June, 2024

मानिस हौँ हामी सबै, असल बन्ने योजना यो

मानिस बनेर के हुन्छ, मानव बन्न प्रयास यो

असल मानव भए सबै, असल विचार पाउँछ

असल विचार र सुकर्मले असल मानव बन्दछ ।

 

असल भएर जीवनमा मात्र सुखभन्दा पाउँछ

नजाति भएर जीवनको दुःख कष्ट  निम्त्याउँछ

असल नेता भए मात्र देश बद्छ निरन्तर 

नजाति नेता भए देशको विकास रोक्दछ ।

 

काम कर्तव्य पूरा गर्ने को योजना यो

आफ्नो बानी सुधार गर्ने हो कर्तव्य यो

विद्यालय गई हो नयाँ कुरा सिक्ने यो

सिकाइ मात्र होइन व्यवहार पनि गर्ने हो

 

मानिस हौँ हामी सबै, असल बन्ने योजना यो

असल बनेर नाम काम कमाउने प्रक्रिया यो

ज्ञान र शिक्षाले मात्र मानव बनिदैँन

असल, ज्ञान र शिक्षा मात्र मानव भन्दछ।