Logo

Student Corner

अन्तु डाँडाको घुमघाम

Written by: Irada Timsina - 30053, Grade VII

Posted on: 27 June, 2024

म र मेरो परिवार यस पल्टको छुट्टीमा धेरै ठाउँमा गएका थियौँ । अनि ती घुमेका ठाउँ मध्ये एउटा ठाउँ अन्तु डाँडा हो । हामी अर्जुनधारा घुमेपछि हामी अन्तु डाँडा जानका लागि हिड्याैँ । हामी लामो समयको यात्रापछि बल्ल अन्तु डाँडा पुग्यौँ । हामी अन्तु डाँडा त पुग्यौँ तर हामीले बस्ने ठाउँको व्यवस्था गरेका थिएनौँ । हामी जम्मा जम्मी ६ जना थियौँ । मेरो बाबा र हजुरबुबा बस्नका लागि होटेल खोज्न थाल्नुभयो । धेरै खाेजेपछि हामीले बल्ल एउटा राम्रो होटेल भेट्टायौँ । हामीले ३ वटा खाट भएको ठुलो कोठा लियौँ । हामीले अन्तु डाँडाको यात्रासम्म केही पनि खाएका थिएनौँ । त्यही भएर हामीले खाजा खायौँ । खाजा खाएपछि हामीले त्यहाँ एउटा ठुलो ताल घुम्ने निधाे गर्‍याैँ ।  त्यो ताल हाम्रो होटेलभन्दा पर थियो र मेरो हजुरआमा धेरै हिँड्न सक्नुहुँदैन थियो, त्यही भएर उहाँ आउनुभएन । हामी जङ्गलको बाटो हिँड्दै जसरी भए पनि त्यहाँ पुग्याैँ । त्यता नजिकै एउटा होटेल रहेछ । त्यो होटेल देखेर हामीलाई पश्चाताप भयो । किनभने त्यो होटेल तलको अगाडि भएर एकदम राम्रो देखिएको थियो । हामी त्यहाँ एकछिन् बस्याैँ, फोटो खिच्याैँ र होटेलतिर लाग्याैँ । हामीहरूले होटेलमा आमालाई भेट्टायाैँ र तलको बारेमा भन्याैँ । एकछिनपछि खान खायाैँ र सुत्न गयाैँ । बिहान भयो हामी घाम हेर्ने भनेर ३ बजे उठ्याैँ र हिडेर डाँडातिर हिड्न थाल्याैँ । धेरै बेरको हिँडाइपछि हामी बल्ल डाँडाको टुप्पोमा पुग्याैँ । त्यहाँ धेरै मान्छेहरू थिए । एकछिनपछि सूर्य उदायो । सूर्य उदाएको देखेर मलाई मज्जा लाग्यो । सूर्य उदाएपछि हामीहरू पसलमा भक्का र चिया खायाैँ । हामी भक्का र चिया खाएपछि म र मेरो दाइले २ वटा घोडाहरू देख्याैँ र हामीले आमाबाबालाई फकाएर घोडामा छाडेर तल गयाैँ ।  म चढेको घोडाको नाम बच्चा रहेछ भनेर पनि थाहा पाएँ । मलाई यस यात्रामा धेरै मज्जा आएको थियो । यसपछि हामी मामाघर फर्कियाैँ ।