Logo

Student Corner

शिक्षा र विकास

Written by: Sudip Manandhar - 32051, Grade V

Posted on: 27 June, 2024

शिक्षा भनेको मानिसलाई सही बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई शिक्षा भनिन्छ । शिक्षा भनेको ज्ञान हो । शिक्षाबिना मानिस पूर्ण हुन सक्दैन । मानिसलाई आफ्नो जीवनयापन गर्नका लागि प्रमुख माध्यम शिक्षा नै हो । शिक्षाले हामीलाई ज्ञान दिन्छ । शिक्षा प्राप्त गरेको मानिसले धेरै कुरा जानेको हुन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म र संस्कारले छेक्न सक्दैन । मानिसले आमाको काखदेखि नै शिक्षा प्राप्त गर्छ । जन्मेपछि अनेक तरिकाले ज्ञान प्राप्त गरेको हुन्छ । शिक्षित मान्छे र अशिक्षित मान्छेमा धेरै फरक हुन्छ । कुनै वस्तु देखेर, सुनेर, छामेर पनि ज्ञान प्राप्त गर्न सकिन्छ । नेपालमा पनि शिक्षाको संस्थागत विकास हुनु पूर्व प्राचीन समयमा धर्ममा आधारित परम्परागत शिक्षा व्यवस्था थियो । अहिले शिक्षाको क्षेत्रमा धेरै विकास भएको छ । स्कुल कलेजहरू खुलेका छन् । सबैले पढ्न पाएका छन् । सबैले पढ्न पाउनुपर्छ । पढेकाे मानिसले धेरै प्रगति गर्छ । हामी सबैजनाले राम्राेसँग पढेर असल र सफल मानिस बन्नुपर्छ ।