Logo

Student Corner

रमाइलाे चाडपर्व

Written by: Sumedha Adhikari - 29036, Grade VIII

Posted on: 26 June, 2024

चाडपर्व मलाई धेरै धेरै मन पर्छ ,

कहिले आउँछ दशैँ, तिहार 

कहिले आउँछ होली, छठ                  

मनमा धेरै खुसी भई रमाइलो म गर्छु ।

 

चाडपर्व आउँदा, रमाउने बानी यो 

राम्रो लुगा लगाएर, मामाघर जाने हो 

साथीसँग मिलेर, हात समाई हिडेर   

आनन्द र मजाले, मेला हेर्ने डुलेर ।

 

नयाँ वर्ष पनि हाम्रो ठुलो चाड मानिन्छ

घरमा दियो बालेर ठुलो स्वागत गरिन्छ

हेर्दा हेर्दै नयाँ वर्ष, आँगनीमा आयो रे !

पाखाभरि जताततै, हरियाली छायो रे !

 

नयाँ वर्ष आयो, हेर बजाउँदै बाजा

काफलु र ऐँसेलुले वनैभरि खाजा

दशैँ तिहार आयो साथी ,

धेरै खुसी ल्याउँदै,

दशैँमा टीका लाउँदै पिङ पनि खेल्दै 

तिहारमा बत्ती बाली देउसी भैलो खेल्दै ।

 

परिवारसँग रमाउँदै झिलीमिली हेर्दै 

दियो बत्ती बालेर, पूजा पनि गरेर, 

पटाका पनि पड्काएर, नाचगान गरेर

सबैजना मिलेर, देउसीभैलो खेलेर,

मिठाइ पनि खाएर, घर पनि लिपेर ।

 

सबैजना मिलेर, दशैँ तिहारमा खेेलेर

सबैजना मिलेर, दशैँ तिहारमा खेलेर।