Logo

Student Corner

बनारसको मेरो यात्रा

Written by: Selena Bhattarai - 30041, Grade VII

Posted on: 25 June, 2024

मलाई बनारस घुम्न मन लागेको थियो, किनभने तस्बिरहरू हेर्नदेखि लिएर वार्तालाप सुन्नसम्म, मैले यसलाई नजिकबाट अनुभव गर्ने मौका पाएँ। यो मेरो उत्कृष्ट समय मध्ये एक थियो। 

त्यसैले २०७९ सालकाे कार्तिकमा आफ्ना धेरै आफन्तहरूसँग म बनारस गएँ । म कार्तिक स्नानको लागि बनारस गएकी थिएँ । म ट्रेनमा यात्रा गर्न धेरै उत्साहित थिएँ । रेलभित्र पसेपछि म रेलको माथिल्लो सिटमा बसेर दिदीबहिनीसँग लुडो खेल्दै यात्रामा थिएँ । हामी बिहान ९ बजे बनारस पुग्यौँ । बनारस जानको लागि म उत्तेजित भएँ किनभने त्यहाँको खाना, संस्कृति र सुन्दर ठाउँहरू जुन मैले मेरो वरपरका विभिन्न व्यक्तिहरूबाट सुनेको थिएँ । त्यहाँ पुगेका दिन हामीले केही किराना सामान किन्यौँ र दिनभर आराम गर्‍यौँ । दोस्रो दिन म बिहान ४ बजे उठेर घाटमा गएँ, जुन हामी बसेको ठाउँबाट करिब ५ मिनेट टाढा थियो । गङ्गा स्नानपछि हामी फर्कियौँ, बिहानको खाजा खायौँ र बाहिर निस्कियौँ । त्यस्तै म तेस्रो दिन गएँ र एघार दिनसम्म स्नान गर्न गइन त्यसपछि अन्तिम दिन मैले स्नान लिएँ (यसको कारण यो हुन सक्छ कि म बिहान उठ्नमा धेरै रुचि राख्दिन )। म धेरै सुन्दर ठाउँहरू, मन्दिरहरू गएँ। म मेरो जन्मदिनको दिन इलाहाबाद गएँ। बनारसको अनाैठाे अनुभव सधैँ मेरो उत्कृष्ट सम्झनाहरू मध्ये एक हुनेछ।

 

बनारसको यात्रामा मैले सांस्कृतिक इतिहास, मन्दिरहरू, धार्मिक चीजहरू, परम्पराहरू र धेरै कुराहरू बारे धेरै नयाँ कुराहरू सिकेँ । म यस वर्ष पनि सप्ताहको लागि बनारस जान सक्छु र फेरि एक पटक बनारस भ्रमण गर्न पाउँदा म निकै उत्साहित हुनेछु।