Logo

Student Corner

मनकामना

Written by: Aryama Bhattarai - 32027, Grade V

Posted on: 25 June, 2024

नेपाल धार्मिक तथा सांस्कृतिक रूपमा प्रसिद्ध  छ । म सानी छँदा म मेरो परिवारसँग मनकामना गएकी थिएँ । हामी केबलकार चढेर मनकामना मन्दिर पुग्याैँ । त्यहाँँ पूजा गर्ने भक्तजनहरूको लामो लाइन थियो । हामी पनि त्यही लाइनमा गएर उभियोैँ । साँझपख पूजा गर्ने पालाे आयाे । साँझ पूजा गरेर हामी होटेलतर्फ लाग्यौँ । होटेल राम्राे थियो । होटेलबाट वरिपरिका बस्ती , डाडाँ, हिमाल , बादल , छर्लङ्ग देखिन्थ्यो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मनकामना मन्दिर वरिपरिका दृश्य जो कसैलाई पनि मन पर्न सक्छ । देवीको पूजा आराधानाले मेरो मन प्रसन्न भएको थियो । अझ साँझको आरती र घण्टीको मनमोहक वातावरणले मेरो मन आनन्दित भएको थियो । केही समय हामी मन्दिरको वरिपरि घुम्यौँ । फोटो खिच्यौँ । टीका , प्रसाद र फूलपाती किन्यौँ अनि केबलकार चढेर कुरिन्टार हुँदै काठमाडौँ फर्कियौँ ।