Logo

Student Corner

मेरो देश नेपाल

Written by: Sakshyam Budhathoki - 34056, Grade III

Posted on: 25 June, 2024

मेरो देशको नाम नेपाल हो। नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ । नेपाल एसिया महादेशमा पर्छ। हाम्रो देशको सिमाना भारत र चीनसँग जोडिएको छ। काठमाडौँ हाम्रो देश नेपालको राजधानी हो। मेरो देश विश्वभर पर्यटकीय देश भनेर चिनिएको छ। मेरो देश प्रकृतिको अनुपम भण्डार हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदाको धनी छ । नेपालमा धेरै खोलानाला, ताल, झरना, उपत्यका र हिमालहरू छन् । नेपाल बुद्धको जन्मभूमिको रूपमा पनि प्रसिद्ध छ। नेपाल भूपरिवेष्ठित देश हो। यहाँ बहुसंख्यक जाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरू बसोबास गर्छन्। नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता ठुला नदीहरू छन्। नेपाल जलस्रोतकाे धनी देश हाे । नेपालको लोकप्रिय खाना दाल, भात, तरकारी, गुन्द्रुक र ढिँडाे आदि हुन् । मलाई मेरो देशको माया लाग्छ।