Logo

Student Corner

दाइजोप्रथा

Written by: Jiya Sapkota - 2024005, Grade VIII

Posted on: 27 September, 2020

दाइजोप्रथा भनेको विवाहको समयमा दुलहीको परिवारद्वारा दुलाहा अथवा दुलाहाको परिवारलाई पैसा, सुन, सम्पत्ति वा केही महगा उपहारहरू दिने प्रथा हो । दाइजोप्रथा नेपालमा चलिरहेकाे एक सामजिक समस्या हो । यो प्रथा हट्नुभन्दा पनि अहिले बढी रहेको छ ।

       नेपालको विभिन्न भागमा दाइजोप्रथाले निकै समस्या दिइरहेको छ । समाजमा भएका अरू समस्यामध्ये दाइजोप्रथा एक ठुलो समस्या हो । यसले नेपालकाे विकासमा पनि हानी पुर्‍याएकाे  छ । दाइजोप्रथाले हाम्रो समाजलाई बिगरिरहेको छ । यसले गर्दा समाजमा महिलाहरू मजाक बनिरहेका छन् । दाइजोप्रथामा धेरै सम्पत्ति नपाएका कारण महिलाहरूले धेरै अन्याय र अपमान सहनुपरेको छ । विवाहसँग अतुलनीय सम्बन्धको साथ वहुमूल्य सुरक्षाको सम्पत्तिको लागि माग गरिएको  दाईजोका कारणले गर्दा गरिब दु:खीको परिवारमा निकै हानी पुर्‍याएकाे छ किनभने जुन पैसा एक स्त्रीको पढाइ लेखाइको खर्चमा प्रयाेग हुनुपर्ने हो, त्यो दाईजोका लागि प्र्योग भएको छ । जसले गर्दा नेपालको शैक्षिक प्रणालीमा पनि असर परेकाे छ । दहेज भन्ने शब्दको उत्पत्ति आङ्लाे-नर्मन फ्रान्सेली शब्द, डाउवरीबाट भएको हो र यो लामो समयदेखि समाजमा अवस्थित छ। दाइजोप्रथाले घरेलु हिंसा र अपराधलाई बढावा दिन्छ । दुलहीको परिवारको स्थिति नाजुक हुन्छ।

       विवाहसँग अतुलनीय सम्बन्धको साथ बहुमूल्य सुरक्षाको सम्पत्तिको लागि माग गरिएको प्रथालाई दाइजोप्रथा भनिन्छ।जुन अभ्यास कुनै समय आदानप्रदान समारोह थियो तर त्याे अहिले एक जीर्ण सामाजिक  समस्यामा रूपान्तरण भएको छ। शिक्षा दिने र  महिलालाई आत्मनिर्भर बनाउने, लैङ्गिक समानता, सामाजिक जागरूकता अभियानलले दाइजो कम हुन सक्छ। दाइजोप्रथा हट्नुपर्छ ।  मानिसहरूको सोच परिवर्तन भएमा पनि दाइजो प्रथा हटाउन  सकिन्छ ।