Logo

Student Corner

मेरो मन पर्ने जनावर

Written by: Anwesha Pant - 35002, Grade II

Posted on: 24 June, 2024

मेरो मन पर्ने जनावर कुकुर हो । कुकुरले मासु भात खान्छ । कुकुर घरपालुवा जनावर हो । कुकुर १० देखि १५ वर्षसम्म बाँच्छ । कुकुर खोरमा बस्छ । हामी कुकुरसँग खेल्छौँ । कुकुरले हाम्रो घरको रक्षा गर्छ । कुकुर बिहान सुत्छ र राति घरको रेखदेख गर्छ । कुकुरका बच्चालाई छाउरा छाउरी भनिन्छ । हामीले कुकुरलाई माया गर्नुपर्छ । कुकुरले घरमा नयाँ मानिस आउँदा भुक्छ ।