Logo

Student Corner

मेरो योगदान देशका लागि

Written by: Adhyaya Bhandari - 27031, Grade X

Posted on: 21 June, 2024

मेरो देश नेपाल एउटा सुन्दर, शान्त र सानो राष्ट्र । मेरो देश प्रकृतिले भरिपूर्ण छ । त्यस्तै म यो देशको असल नागरिक । मैले आफ्नो देशलाई धेरै थरीको क्षेत्रमा योगदान दिन सक्छु । म मेरो देशको नाम चर्चित धेरै थरीका काम गर्न सक्छु ।पहिले, म राम्ररी पढेर मेरो र मेरो देशको विकास गर्न सक्छु । मैले मेरो देशको विकास गर्नको लागि महत्त्वपूर्ण योगदान दिनुपर्छ । 

मैले राम्ररी  मिहिनेत गरेर मैले आफ्नो देशमा विदेशबाट रोजगार  मानिसहरूलाई स्वदेशमा बाेलाएर  ती मानिसहरूलाई रोजगारीको अवसर दिन्छु । यी कामहरू म पढेर, देशमा गर्न चहान्छु । 

दोस्रो, म एउटा राजनीतिज्ञ भएँ भने म देशको विकास गर्छु । राजनीतिज्ञको काम नै देशको विकास गर्नु हो । तर त्यो काम पनि कुन कुन क्षेत्रमा गर्ने भन्ने सोचेर गर्नुपर्छ । पहिले त म  मेरो देशमा राम्राे बाटोको व्यवस्था गर्थेँ । म बाटाहरूकाे पुननिर्माण गर्थेँ । मैले पाउँने पैसाजति जति सबै मबाटाेमा लगानी गर्थेँ । अहिलेका राजनीतिज्ञहरू हाम्रा जन प्रतिनिधिहरूकाे त कुरा नै के भयाे र ! उनीहरू त आधाभन्दा कम पैसा मात्र यस्ता विकास निर्माणका काममा लगाउँछन् । यस्ताे काम एकदमै गलत हाे । सरकारले विकास निर्माणका लागि छुट्याएकाे रकम सदुपयाेग हुन नसक्दा देशमा प्रत्येक वर्ष बेरुजु दर बढ्दाे ५ ।  बाटोको व्यवस्था राम्राे गरिसकेपछि म शिक्षाको व्यवस्था गर्थेँ । पारिवारिक समस्याको कारण, घरको आर्थिक स्थिति कमजाेर भएका विद्यार्थीहरूलाई म छात्रवृत्ति प्रदान गर्थेँ । म मेरो देशका जुन जुन राम्रा राम्रा पर्यटकीय स्थलहरू छन् ती स्थलहरूकाे राम्राे विकास र विस्तार गर्थेँ । तेस्रो म मेरो देशको लागि क्रिकेट खेल्थेँ भने म त्यसमा पनि धेरै नयाँ याेजना ल्याउँथे । म अहिलेको नेपाल क्रिकेट टिमको आवस्थालाई एकदम राम्रो बनाउने प्रयास गर्थेँ । खेलाडीहरूलाई धेरै अभ्यास गराउँथे । उनीहरूकाे सेवासुविधा बढाउँथे । क्रिकेटको सबै ढाँचामा लाग्ने प्रयास गर्थे । टि - २० विश्वकपमा जित हासिल गर्न  योग्य बनाउने प्रयास गर्थेँ । म धेरै टुर्नामेन्टहरू जितेर मेरो देशको नाम उच्च राख्थेँ । म मेरो देशलाई आजसम्म नगएको टुर्नामेन्ट टेस्टमा पनि लगेर टेस्टको विश्वकप जित्ने योग्य बनाउन चाहन्छु । अहिले हाम्रो देशको क्रिकेट टिमलाई अरू देशको क्रिकेट टिमले त्यति महत्त्व दिँदैनन् । म त्यहाँ पुगेर हाम्रो देशको संसारभर चम्काउन चाहन्छु । 

अन्तिममा, म एउटा शिक्षक हुन्थे भने म विद्यार्थीहरूलाई राम्ररी पढाउँथे म उनीहरूलाई सजिलो तरिकाले  सबै कुराहरू सम्झाउँथे । उनीहरूलाई राम्रो र नराम्रो भन्ने कुरा केके हुन् भन्ने कुरा सिकाउँथे र बुझाउँथे पनि । म उनीहरूलाई भविष्यमा एकदम असल व्यक्ति बन्ने तरिकाले पढाउँथे । म उनीहरूलाई देशको मूल कानुनको बारेमा बताउँथे । म उनीहरूलाई हाम्रो देशको अहिलेको सामाजिक सञ्जालले मानिसमा फैलिएकाे विकृतिबारे पनि सचेत बनाउँथे । म यस्तै थुप्रै राम्रा कुराहरू देशकाे लागि गर्न चाहन्छु । मैले देशको लागि गर्ने सक्ने योगदान यिनै हुन् । म देशको विकास र देशलाई सुधार्नको लागि यी कामहरू गर्न चाहन्छु ।