Logo

Student Corner

हाम्रो वातावरण

Written by: Prasoya Yadav - 33014, Grade IV

Posted on: 21 June, 2024

हामीले हाम्रो शरीर मात्र सफा राखेर स्वस्थ हुन सक्दैनौँ । हामी स्वस्थ हुनका लागि हाम्रो घर, आँगन, टोल पनि सफा हुनुपर्छ । हामीले हाम्रो वरपरको वातावरण सफा राखे मात्र हामी स्वस्थ र निरोगी हुन्छौँ । हाम्रो घर वरपर सफा राख्न विभिन्न काम गर्न सक्छौ जस्तैः बिरुवा रोप्ने, बिरुवामा पानी हाल्ने, सबैजना मिलेर सरसफाई गर्ने, खोला फोहोर गर्न नदिने, आगो जथाभावी नबाल्ने । यदि वातावरण फाेहाेर भएमा सबै मिलेर सफा गर्नुपर्छ।