Logo

Student Corner

जीवन र सपना

Written by: Manavi Regmi - 27007, Grade X

Posted on: 19 June, 2024

सपना जस्तै जीवन यो हो,

हिँड्दै गर्दा बाटो खोज्नुपर्छ।

हराउँदा जुन, तारासँग,

आफ्नो बाटो आफैँ रोज्नुपर्छ।

 

पानीका बुँद जस्तै अश्रु,

मायाका कथा सम्झिएर।

बगाउँदा खुसीका लहर,

मनको बहारले ढाक्नुपर्छ।

 

हरियो जङ्गल, फूलका थुङ्गा

सुन्दर संसार, रहर जस्तै ।

जीवनको गीत, प्रेमको छायाँ,

सपना बुनौँ, साँच्चै अस्तित्व खोज्नुपर्छ।

 

पर्वतको चुचुरो, नदीका किनारा,

सपना उडाउने पङ्ख बन्छन् ।

हावाको स्पर्श, सूर्योदयको झल्को,

आफ्नो जिन्दगी आफैँ सजाउनुपर्छ ।

 

तारा र जुन, आकाशको कथा,

जीवनको रहर, अनन्तको गाथा ।

समयको रेखा, स्मृतिका धुन,

सपना जस्तै जीवन यो हो।