Logo

Student Corner

मेरो समुदाय

Written by: Pranik K.C - 33025, Grade IV

Posted on: 19 June, 2024

मेरो नाम प्रनिक के.सी हो । म काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ गौरीघाटमा बस्छु । मेरो समुदायमा मानिसहरू मिलेर बस्छन् । मेरो समुदाय ठुलो छ। मेरो समुदायमा विभिन्न जातजातिका र फरक फरक धर्म मान्ने मानिसहरू बस्ने गर्दछन् । म हिन्दु धर्म मान्छु । मेरा छिमेकमा इसाई र बुद्ध धर्म मान्ने मानिसहरू पनि छन् । हामीहरू एकले अर्कालाई सहयोग गर्दै चाडपर्व मनाउँछौँ । हाम्रो समुदायमा एउटा ठुलो चौर छ । त्यहाँ हामीहरू खेल्ने गर्छौँ । त्यहाँ फोहोर भयो भने र खाल्डाखुल्डी भयो भने समुदायका सबै मानिसहरू मिलेर सफा गर्छन् र खाल्डाखुल्डी पुरिन्छ । कसैको घरमा विवाह व्रतबन्ध र पूजा पर्‍याे भने समुदायका सबै मानिसहरू मिलेर सहयोग गर्ने गर्दछन् । हाम्रो समुदायमा एउटा जङ्गल पनि छ । त्यहाँ मृग बाँदरहरू पनि छन् । तिनीहरूलाई संरक्षण पनि हाम्रो समुदायले गर्दछ । मेराे घरनजिकै खाेला छ जहाँ हरेक वर्ष छठ पर्व मनाइन्छ । म मेरो समुदायमा मिलिजुली बस्छु।