Logo

Student Corner

धर्ती

Written by: Aarav Timilsina - 28028, Grade IX

Posted on: 18 June, 2024

धेरै अनौठो ठाउँ हो , धर्ती हाम्रो 

एक अनमोल ठाउँ याे धर्ती राम्राे 

म यो भूमिको केवल निवासी हुँ 

म सदा जन्म लिन पाऊँ यही भूमिमा 

 

शीतलताको  उदाहरण हो हाम्राे धर्ती 

सुन्दरताकाे  नमुना  झल्काउने यै  धर्ती

हरिया वनजङ्गलको माझमा रहेकाे

सुन्दरताकाे नामले विश्वमा परिचित भएकाे

 

 किन हामी भयाैँ अज्ञानी अझै पनि 

किन  हाम्रो जगतको दोहन गर्छाैँ हामी 

कि खुल्दैन हाम्राे चेतना अझै पनि

विश्वमाझ हाम्राे छाप अझै छ नि !

 

पृथिवीका हरियालीले भरिपूर्ण  याे जीवन

अब धर्तीका  तिर्खाले मरेका खडेरी किन ?

स्पष्ट र भव्य निलो आकाश गयाे कता ?

धुलोले ढाकेको गगन देखिन्छ जतातता

 

अब धर्तीलाई बचाउनुपर्छ सबै मिली

धर्तीको सुन्दरता फेरि बचाऔँ उसै गरी

पृथ्वी हाम्रो साझा घर हाे र हाम्रो माता

रक्षा गरौँ उसको अनि पाउने छाैँ  ममता  ।