Logo

Student Corner

मेरी सानी बहिनी

Written by: Prapya Mishra - 32049, Grade V

Posted on: 18 June, 2024

मेरी सानी बहिनी

 साह्रै प्यारी नानी 

 

कति राम्री नानी 

छिन् धेरै ज्ञानी

 

 कति मिठो बोली 

कहिले होलिन् ठुली 

 

बिहान उठेदेखि

 रमाउँछिन् क ख लेखी

 

 गीत गाउन मन पराउँछिन् 

नाच्न झनै अघि सर्छिन् 

 

छुनुमुनु खेल्छिन् वरिपरि

 मुसुमुसु हाँस्छिन् घरिघरि

 

 उनी हाँस्दा उज्यालो

 रिसाउँदा हुन्छ अँध्यारो 

 

घुम्न डुल्न खुसी हुन्छिन् 

विद्यालय जान खुसी 

 

उनी घरकी ज्योति 

खुसी हामी कति 

 

शून्य हुन्छ घर 

उनी जाँदा पर ।।