Logo

Student Corner

नेपालकाे विकासमा पर्यटनकाे भूमिका

Written by: Suvani Karki - 29055, Grade VIII

Posted on: 17 June, 2024

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश हाे । आज नेपालमा वार्षिक १० लाख १४ हजार ८७८ पर्यटक भ्रमणका लागि आउने गरेका छन् । जुन कोभिड १९ पछिको पर्यटन उद्योगको लागि ठुलो सफलता हो । नेपाल सानो देश भए पनि यसले लाखौँ जनतालाई विभिन्न अनुभव र अनुभूति दिन सक्छ । यहाँ प्रश्न उठ्छ, के नेपालले वास्तवमा यहाँ रहेको प्राकृतिक स्रोत साधनको सदुपयोग गरिरहेको छ ? यो प्रश्नको जवाफ पाउन हामी गहिराइमा जानुपर्छ । केही अनुसन्धानका डाटाका साथ हामी प्रश्नको जवाफ दिन सक्षम हुन सक्छौँ । उदाहरणका लागि पोखरा, काठमाडौँ र कर्णाली प्रदेशको फोक्सुण्डो ताललाई लिन सकिन्छ । यी तीन ठाउँहरू आ-आफ्नै तरिकाले उत्तिकै सुन्दर छन् । तिनीहरू कुनै पनि पर्यटकका लागि नयाँ यात्राकाे गन्तव्य हुन योग्य छन् । यो सन् २०२३ मा पोखरा घुम्न आएका पर्यटकको सङ्ख्या १५ लाख, सोही वर्ष काठमाडौँ आएका पर्यटकको सङ्ख्या १ लाख १४ हजार ८ सय ८५ र सोही वर्ष २००० जनाले फोक्सुण्डो तालको भ्रमण गरेका थिए । अहिले पोखरा र काठमाडौँभन्दा फोक्सुण्डो ताल कम सुन्दर छ जस्तो लाग्दैन । तुलनात्मक रूपमा उत्तिकै सुन्दर भए पनि फाेक्सुन्डाे तालकाे भ्रमण गर्न जाने पर्यटकको सङ्ख्या निकै कम छ । यो क्रम जारी रह्यो भने पोखरा र काठमाडौँले पनि उस्तै समस्या भोग्नु पर्ने छ । काठमाडौँ नयाँ आगन्तुकहरूको लागि महत्त्वपूर्ण इतिहास हो तर प्रचार र प्रसिद्धिबाहेक अन्य ठाउँहरू पनि धेरै महत्त्वपूर्ण छन्। 

नेपालको भौगोलिक संरचना पनि धेरै पर्यटकका लागि आकर्षणको विषय हो । विभिन्न संस्कृति, परम्परा र विश्वास भएका क्षेत्रहरू बर्साैँदेखि विदेशीहरूका लागि मुख्य आकर्षणकाे केन्द्र बनेका छन् । हिमालदेखि समतल जमिन, पहाडदेखि उर्वर भूमि नेपालले हजारौँ मानिसलाई आकर्षित गर्न सक्छ तर दुर्भाग्यवश, यो अझै भइरहेको छैन । आजकल पर्यटकहरू पहाडमा देखिँदैनन् । सर्वोच्च शिखर सगरमाथा भएकाे देश अझै पर्यटककाे पर्खाइमा छ । नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगको विशेष योगदान छ । नेपालको कूल गार्हस्थ उत्पादनको ६.७ प्रतिशत नेपालको पर्यटन उद्योगबाट आउँछ । यो वर्ष नेपालले धेरै पर्यटक को आर्थिक अवस्थामा परिवर्तन आउने छ । पर्यटन उद्याेगका कारण देशमा राेजगारीकाे सिर्जना हुन्छ । युवाशक्ति विदेश पलायन हुनबाट राेकिन्छन् ।