Logo

Student Corner

मेरो खेलौना

Written by: Urav Basnet - 35027, Grade II

Posted on: 17 June, 2024

 

मलाई मन पर्ने खेलौना साइकल हो । मेरो घरमा राम्रो साइकल छ । मलाई साइकल खेल्न धेरै मन पर्छ। यस साइकलका दुईवटा चक्का छन् । साइकल खुट्टाले चलाएर खेल्नुपर्छ। साइकल चलाउँदा ह्यान्डल हातले समाउनुपर्छ। साइकल खेल्न धेरै रमाइलो हुन्छ । म घरको वरिपरि मेरो साइकल खेल्छु। साइकल विभिन्न रङका हुन्छन् । मेरो साइकल रातो र कालो रङ मिसिएर बनेको छ।