Logo

Student Corner

तिम्रा आखाँ

Written by: Aashiya Shrestha - 27030, Grade X

Posted on: 12 June, 2024

किन हाे खै, तिम्रा ती आँखाले मलाई 

समुद्रको गहिराइको याद दिलाउँछ 

जसरी तिनीहरूमा अन्धकार कहिल्यै हट्दैन

किन हाे खै,तिम्रा छालाले मलाई 

आकाशमा बादलको सम्झना दिलाउँछ

किनकि तिनीहरूमा कोमलता उस्तै रहन्छ

 

तिमी सोध्छौ किन तिमीसँग मात्रै म बोल्दछु 

तर तिमीलाई कसले सम्झाअाेस् कि मेरा भाकाहरू तिम्रा लागि मात्र हो 

म तिम्रा कुरा सुन्छु, 

मानौँ  कि तिनीहरू अनन्त छन्

म तिम्रा कुरा सुन्छु, 

मानौ कि तिम्रो आवाज मात्रै यो दुनियामा सुन्न मिल्दछन् 

 

म तिमीलाई हेर्छु जस्तो कि

तिमीले सारा संसार समातेका छौ

तर, तिमीले भने किन हाे

मैले सारा संसार नष्ट गरेझैँ हेर्छौ 

तिम्रो मुस्कानले मलाई सूर्यको किरणको झल्को दिन्छ 

जस्तै त्यो उज्यालोले अँध्यारोलाई हराउँछ  ।