Logo

Student Corner

इन्टरनेटकाे फाइदा र बेफाइदा

Written by: Nayan Shakya - 29062, Grade VIII

Posted on: 12 June, 2024

इन्टरनेट भन्नाले विश्वको सबै आधुनिक सञ्चारका साधनलाई जोड्ने एक स्रोत हो । अहिलेको जमानामा इन्टरनेट सबैभन्दा महत्त्वपूर्ण चिज हो । सबै चिजका फाइदा बेफाइदा हुन्छन् । इन्टरनेटकाे पनि फाइदा र बेफाइदा छ ।

इन्टरनेटको माध्यमबाट हामीले विभिन्न कार्य गर्न सक्छौँ । हामीले गृहकार्य गर्नका लागि विभिन्न कुराहरू खोज्न सक्छौँ । यसै गरी आफूलाई नआएको कुरा पनि इन्टरनेटमा हामीले खोज्न सक्छौँ । इन्टरनेटकै माध्यमबाट कोरोनाजस्तो महामारीको वेला हामीले विभिन्न अनलाइन कक्षा लिन सकेका थियौँ । हाम्रो पढाइ यही अनलाइनले गर्दा जारी रहेको थियो | यही इन्टरनेटको माध्यमबाट हामीले आफूलाई नआएको विभिन्न चिजहरू खोज्न सक्छौँ । इन्टरनेटमा हामीले विभिन्न जानकारीका लागि भिडियो हेर्न सक्छौँ अथवा केही पढ्न सक्छाैँ | इन्टरनेटको कारण हामीले कक्षाकार्य गृहकार्य अनलाइनमै गर्न सक्छौँ । हामीले अनलाइनमै लेख रचना लेखेर आफ्नो शिक्षक शिक्षिकालाई पठाउन सक्छौँ । शिक्षक शिक्षिकाले पनि अनलाइनबाटै हाम्रो कामहरू हेर्न सक्नुहुन्छ । यो सजिलो पनि हुन्छ र यसले समयको पनि बचत गर्छ । इन्टरनेटको माध्यमबाट हामीले विश्वमा के भइरहेको छ भनेर पनि थाहा पाउन सक्छौँ । इन्टरनेटको माध्यमबाट हामीले आफूले आफूलाई मनोरञ्जन पनि गराउन सक्छौँ । इन्टरनेटको माध्यमबाट हामीले धेरै सजिलोसँग सामान पनि किन्न सक्छौँ । इन्टरनेटमा उपलब्ध भएका विभिन्न स्रोतहरूको प्रयोग गरी हामी मनले चाहेकाे सामान घरमै बसेर माग गर्न सक्छाैँ । हामीले माग गरेका  सामानहरू बजार प्रतिनिधिहरूले हाम्रो घरमै ल्याइदिन्छन् । इन्टरनेटकै माध्यमबाट हामीले  विश्वको कुनै पनि कुनामा बसेको मानिससँग कुराकानी गर्न सक्छौँ । इन्टरनेटका फाइदा धेरै छन् तर बेफाइदा पनि छन् । इन्टरनेटमा साना बालबालिकाले नराम्रा भिडियो हेर्न सक्छन् । इन्टरनेट पढाइको लागि मात्र नभएर अझै विभिन्न कामहरूको लागि पनि प्रयोग गर्न सकिन्छ । बालबालिकाले इन्टरनेटकाे दुरुपयोग गरी विभिन्न गेमहरू खेल्ने गर्छन् । यसले गर्दा हाम्रो पढाइ बिग्रिन्छ र हामीले आफ्नो समय मात्र बर्बाद गर्छाैँ । यी कामले हाम्रो भविष्य मात्र बिग्रिन्छ । इन्टरनेटको प्रयोग गरी बालबालिकाले आफ्नो अभिभावक तथा आफ्नो शिक्षक शिक्षिकालाई छल्नका लागि एआइको माध्यमबाट विभिन्न कुरा जेनेरेट गराई आफूले बनाएको भन्दछन् । यसले कसैको नभई आफ्नै भविष्य बिगार्ने गर्दछ तर यो गल्ती पुरै इन्टरनेटको पनि होइन । यसमा हामी मानिसहरूको पनि गल्ती छ । इन्टरनेटको गलत एउटा हामीले भनेको कुरा मात्र गरिरहेको छ । 

यसैगरी इन्टरनेटका धेरै बेफाइदाहरू छन् र फाइदाहरू पनि छन् । अन्त्यमा इन्टरनेट राम्रो कि नराम्रो हामीले प्रयोग गर्ने तरिकामा भर पर्दछ । त्यसैले हामीले इन्टरनेटको राम्रो प्रयोग गर्‍याैँ भने इन्टरनेट राम्रो हुन्छ । हामीले इन्टरनेटको दुरुपयोग गर्‍याैँ भने इन्टरनेट  नराम्रो हुन्छ।