Logo

Student Corner

सजीव र निर्जीव वस्तुहरू

Written by: Aashutosh Kafle - 33026, Grade IV

Posted on: 12 June, 2024

हाम्रो वरपर धेरै प्रकारका वस्तुहरू पाइन्छन् । ती हरेक वस्तुहरूका आफ्ना-आफ्ना विशेषता हुन्छन् । तिनलाई दुई भागमा बाँडिन्छ । सजीव र निर्जीव वस्तु । कुकुर, रुख, परेवा, गाई, मानिस, कुखुरा, मुसा, बिरालो आदि सजीव वस्तुहरू हुन् । सजीवहरूको चाल हुन्छ । यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन् । बोट बिरुवाको भने चाल हुँदैन । सजीवहरूको वृद्धि हुन्छ । यिनीहरू सानाबाट ठुला हुन्छन् । सजीवहरूले बच्चा जन्माउन सक्छन् । चराचुरुङ्गी, सर्प, भ्यागुता जस्ता सजीवहरूले भने फूल पार्छन् र बच्चा कोरल्छन् । सजीवहरूले बाँच्नका लागि खाना खान्छन् । बिरुवाले प्रकाशको सहायताले खाना बनाउँछ । कुनै जनावरहरूले घाँसपात र अन्नबाली मात्र खान्छन् भने कुनैले मासु पनि खान्छन् । सजीवहरूले सास फेर्ने, दिसा पिसाब गर्ने जस्ता कार्यहरू पनि गर्दछन् । गाडी, घर, छाता, किताब, काठ, ढुङ्गा, माटो आदि निर्जीव वस्तुहरू हुन् । निर्जीव वस्तुहरू हिँड्डुल गर्न सक्दैनन् । निर्जीव वस्तुहरूको वृद्धि हुँदैन । निर्जीव वस्तुले सास फेर्दैनन् । निर्जीव वस्तुहरूले खाना खाँदैनन् । निर्जीव वस्तुहरूले बच्चा जन्माउन सक्दैनन् ।