Logo

Student Corner

आमा

Written by: Sanidhya Tripathi - 32033, Grade V

Posted on: 11 June, 2024

धेरै दिन पर्खिँदा बल्ल आयो आमाको मुख हेर्ने दिन

 मेरी प्यारी आमालाई कोसेली र उपहार दिने दिन

 

 आमा भन्दा भन्दै हिँड्न थालेँ म

 जान्न भन्दा भन्दै स्कुल जान थालेँ म

 

 उपहार मलाई कति हो कति दिने मेरी आमाले

अब बल्ल आयो मेरो पालो आमालाई उपहार दिने दिन

 

आमाकाे  मुख हेर्छु र टीका लगाइदिन्छु म

 माला लगाई आमालाई उपहार दिन्छु म

 

 रातो साडी लगाइन् भने झनै राम्री देखिन्छिन् 

म मुसुक्क हाँसेर मिठाे बाेली बाेल्दा कति खुसी हुन्छिन् ।