Logo

Student Corner

मेरो सांस्कृतिक कार्यक्रमको अनुभव

Written by: Pratik Dangol - 27009, Grade X

Posted on: 10 June, 2024

वि.सं. २०८१ साल जेठ १९ गते काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना साँस्कृतिक महानगर अन्तर्गतको साप्ताहिक साँस्कृतिक कार्यक्रमको पहिलो कार्यक्रममा हामीले भाग लियौँ । यो कार्यक्रम सात हप्ते कार्यक्रम थियाे । त्यसको पहिलो कार्यक्रममा हामीले विभिन्न चुनौती तथा सङ्घर्ष भए पनि पशुपति क्षेत्र तथा का.म.पा ८ मा रहेको भुवानेश्वरी डबलीमा राम्ररी पूरा भयो । 

हरेक सफलतापछि कडा परिश्रम हुन्छ भनेझैँ यो कार्यक्रम पछि पनि हामी कलाकारको धेरै महत्त्वपूर्ण मिहिनेत तथा तयारी थियो । यो कार्यक्रमको पहिलो दिनका लागि धेरै समय नपाएको भए पनि हामीले २/ ३ दिन बेलुका तयारी गरेर यस कार्यक्रमलाई सफल बनायौँ । तयारीको लागि हामीले २ /४ दिन बेलुका ७ बजेपछि १२ घण्टाासँग बसी गीतहरू सँगै बसी तयार गर्यौँ। यस कार्यक्रमको लागि का. मा. पा ८ अन्तर्गतका ४ बाज खल मिली कार्यक्रममा सहभागिता जनायौँ । हाम्रो तयारीमा बाँसुरी, पचिमा, खी, मादल, धिमे, आदि सांस्कृतिक बाजाहरू सँलग्न  थियो । यस बाहेक पनि कार्यक्रम लागि भने धाबाज तथा दाफा भजनहरू छुटै तयारी भैरहेको थियो । यो बाहेक पनि हाम्रो खलको छुटै तयारी पनि भैरहेको थियो । हामीले अरू सहभागीहरूलाई नसिकाएको गितहरू पनि हाम्रो कक्षामा सिकायौँ र यस कार्यक्रमला सफल पार्न सकभर मिहिनेत गर्यौँ। 

 

कार्यक्रम हुने दिन पनि हामी बिहानै हाम्रो कक्षमा भेला भई कार्यक्रमका लागि छलफल तथा बाजागाजा छनोट गर्यौँ ।  हामी दिनभरि यस कार्यक्रमको लागि तयारीमै जुट्यौँ । म पनि बाँसुरी कलाकार हुनाले मलाई पनि केही गीतहरू बजाउन कण्ठ गर्नु थियो । त्यही भएर मैले त्यो दिन तयारीमै बिताएँ । बेलुका ४ बजे हामी कक्षामा भेट्ने निधो भएको थियो तर त्यही पानी पर्न थाल्यो । त्यसपछि हामी सबै पानी पर्ने आसामा थियौ । केही बेर पछि पानि रुक्यो र हामीले बाजा लिएर तल गयौ तर अझ पनि तयारि पुरा भैसकेको थिएन र हामीले प्रतीक्षा गर्यौ। केही समय पछि बाजी पी खायौँ । त्यसपछि बल्ल कार्यक्रम सुरु भयो । 

 

कार्यक्रमको सुरुवात धा बाजासँग भयो । धा बाज खलले आफ्नो सानो प्रस्तुति दिएपछि हामी मङ्गल धुन बजाउन डबलीमा चड्यौँ । हामीले राम्रो प्रस्तुती दियौँ थोरै तयारी भए तापनि । त्यसपछि फेरि हामीले धा बाजको प्रस्तुति हेर्न पायौँ । त्यसपछि हामीले पालैपालाे गीतहरू बजाइरहेका थियौँ । तर रजमति वा गीत बजाउँदा बजाउँदै पानी छिट्टाउन सुरू भयो । हामीले हाम्रो प्रस्तुति नरोकी बजाइरह्याैँ । हामीलाई आफू भिज्नुभन्दा पनि बाजाहरू बिग्रिन्छन भन्ने डर थियो । त्यो गीत सकिने बित्तिकै हामी नजिकै पसलतिर गयौँ । कार्यक्रम सकिए पनि मन हलुका नहोस् भने त्यही पसल बाहिर रमाइलो गर्न रमाइला गीतहरू बजायौँ । हामीलाई पानीले पनि त्यो बेला रमाइलो गर्न रोकेन । हामीले रमाइलो गीत साथ साथ रमाइलो भजन पनि त्यही गर्यौँ । 

त्यसपछि बिस्तारै पानी राेकियाे र हामी आफ्नो बाजा लिई आफ्नो घर फर्क्यौँ। त्यसपछि दिनलाई अझै रमाइलो बनाउँदै म मेरो दुई जना साथीसँग बाहिर गएर खाजा खायौँ र घर फर्कियाैँ । हाम्रो तयारीअनुसार सबै प्रस्तुति दिन नसकेकाे भए पनि पानीले गर्दा हामीले रमाइलो गर्न पायौँ । त्यति मात्र नभएर हामीले छोटो समयमा तयारी गरेर पनि हामीले प्रस्तुति दिन सक्छौँ भनेर जान्यौँ । यी कार्यक्रमहरूले गर्दा हामीले मानिसहरू बिच एकता पनि कायम हुन्छ । त्यही भएर यस्ता कार्यक्रम समय समयमा भइराखून् भन्ने मेराे चाहना छ ।