Written by: Sumedha Adhikari - 29036, Grade VIII
Posted on: 10 June, 2024
( सरस्वती माध्यमिक विद्यालयमा पढ्ने पाँच कक्षाका बालबालिकाहरू नारायणहिटी दरबार घुम्न आएका छन् । उनीहरूले दरबारको सबै कोठाहरूको अवलोकन गर्दै एकअर्कासँग कुरा गर्न थाल्छन् र शिक्षकहरू पनि एकअर्कासँग कुरा गर्न थाल्नुहुन्छ ।)
राधा : नारायणहिटी दरबार त धेरै नै रमाइलो रहेछ है?
शिखर: हो त नि !
रानु : तिमीहरूले थहा पायौ ?
राधा : के रानु ?
रानु : ल, अहिलेसम्म थहा पाएका छैनौ ?
राम : भन न भन, तिमीले भन्यौ भने पो हामीलाई थाहा हुन्छ त ।
सबै : त्यही त भन न !
रानु : नारायणहिटी दरबारको पछाडि त एक सुन्दर चौतारी छ रे नि !
राधा : हो र तिमीले चाहिँ कसरी थाहा पायौ ?
रानु : मेरो बाबाले भन्नुभएको ।
राधा : मलाई त त्यो चौतारी हेर्न कस्तो मन लागिसक्यो ।
शिखर : भने पछि, आऊ न त शिक्षकसँग कुरा गरौँ ।
रानु : सर !
(अरू शिक्षकहरूसँग कुरा गरिरहनुभएकाे चन्द्र सरले रानुलाई पुलुक्क हेर्नुहुन्छ ।)
चन्द्र सर : के भयो रानु ।
रानु : नारायणहिटी दरबारको पछाडि एक सुन्दर चौतारी छ रे। त्यो चौतारी हेर्न जाऊँ न सर ।
चन्द्र सर : भइहाल्छ नि । ल आऊ न त ।
( सबै जना नारायणहिटी दरबार पछाडिको चौतारी हेरेर रमाइरहेका हुन्छन् ।)
चन्द्र सर : अब भित्र जाऊँ । भित्र भएका सामानहरूको पनि अवलोकन गरौँ ।
सबै : हुन्छ सर ।
राम : यहाँ हेर त राजाको कस्तो सुन्दर श्रीपेच ।
राधा : आहा ! यो श्रीपेच त सारै नै सुन्दर पो रहेछ ।
सबै : हो त नि ।
रानु : यो श्रीपेच कस्ता कस्ता सामग्रीले बनेकाे हो राम ?
राम : खै, यो त मलाई पनि थाहा छैन ।
राधा : चन्द्र सर ! यो अत्यन्त सुन्दर श्रीपेच कस्ता कस्ता सामग्रीबाट बनेकाे हाे ?
चन्द्र सर: श्रीपेच सुन, हीरा, मोतीजस्ता महङ्गा धातुहरूले बनेको हुन्छ । त्यो पछाडि देखिएको पुच्छर चराको प्वाँखले बनेको हो ।
शिखर : लमजुङ कोठा, धादिङ कोठा, स्याङ्जा कोठा, कास्की कक्ष भनेर कोठाहरूको नाम किन राखिएको होला ।
राधा : किनभने आफ्नो देशभित्रको महत्त्व देखाउनको लागि कोठfहरूको नाम राखिएको हो ।
राम : यी कोठामा सजाएक सामानहरू पनि फरक फरक रहेछन् ।
रानु : हो नि ! राजारानीले विभिन्न मानिसहरूसँग भेटघाट गर्नका लागि कोठाहरू पनि फरक फरक रहेका रहेछन् ।
राधा : अब विद्यालय पनि जाने बेला भइसक्यो । आजको शैक्षिक भ्रमणले गर्दा त मैले इतिहासको बारेमा धेरै कुरा थहा पाएँ । यो शैक्षिक भ्रमण त म कहिल्यै बिर्सन सक्दिनँ ।
सबै : हामी पनि बिर्सन सक्दैनाैँ ।
( सबै जना स्कुलको गाडी चढेर स्कुल जान्छन् ।)