Logo

Student Corner

के भनूँ, म भानुभक्तको बारेमा  

Written by: Pranjal Khatiwada - 2022013, Grade X

Posted on: 24 September, 2020

श्री कृष्ण आचार्यको नाति 

बच्चादेखि नै पढाइमा ज्ञानी  

बन्यौ नेपालका आदिकवि  

 के भनूँ,म भानुभक्तको बारेमा। 

 

आदिकवि बनेर कमायौ  नाम 

गरेका छौ ,तिमीले राम्रो काम 

संस्कृत रामायणलाई  ल्यायौ नेपालीमा

के भनूँ, म भानुभक्तको बारेमा । 

 

सबैको हित होस् भनी 

लेखे, काव्य दिनरात नभनी 

अहो ! उनको कति छ, ख्याति 

साच्चै भानुभक्त रहेछौ, जाति 

के भनूँ, म भानुभक्तको बारेमा।  

 

तनहुँको चुँदी रम्घामा भयो , तिम्रो जन्म 

बस्यौ तिमी सबै नेपालीको मनमा  

गर्छन्, सबैले तिमीलाई मान-सम्मान

नहोस्, है तिम्रो कहिले अपमान  

के भनूँ,म भानुभक्तको बारेमा।