Logo

Student Corner

विश्व वातावरण दिवस

Written by: Kesha Koirala - 35009, Grade II

Posted on: 10 June, 2024

पृथ्वीमा रहेका जीव, जनावर, हावा, पानी, बोटबिरुवा र सम्पूर्ण सजीव निर्जीव वस्तुहरू बस्ने ठाउँलाई वातावरण भनिन्छ । यो दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ । वातावरण दिवस हाम्रो देश र अन्य देशमा वातावरण जाेगाउन र सफा गर्नका लागि मनाइएकाे हो । यस दिवसका दिनमा हामी हाम्रो घर वरिपरि सफा गर्छौँ र रुखहरू रोप्छौँ । यस दिवसका दिन हामीले सबैलाई आफ्नाे वरपर सफा गर्नुपर्छ भनेर पनि सिकाउनुपर्छ ।