Logo

Student Corner

बहुसांस्कृतिक देश

Written by: Eshanee Manandhar - 28004, Grade IX

Posted on: 07 June, 2024

नेपाल एउटा सानो ,अति सुन्दर देश 

धेरै मानिसहरूका छन् आफ्नै भेष

यै देशमा पहाडहरू, हिमालहरू छन् 

प्रकृति, माया, सुन्दरता सबै मिलेछन् ।

 

फरक रैछन् संस्कृति यहाँ, नेपालीहरूका 

धेरै प्रकारका संस्कृति रैछन्, नेपालीहरूका 

नेपाल देशको पहिचान नै संस्कृति रहेछ 

देश नै जस्तै , संस्कृति पनि सुन्दर नै रहेछ । 

 

नेवारी , ब्राम्हण, लिम्बु र शेर्पा केही जातहरू हुन् 

जातजातीअनुसार, संस्कृति पनि धेरै अरू छन् 

संस्कृतिबिच झगडा द्वन्द, हुनु नै हुँदैन 

झगडा , द्वन्दले नै त गर्दा, त देश बल्दैन ।

 

हामीले मिलेर संस्कृतिको नै सुरक्षा गर्नेछौँ 

संस्कृतिको नै सुन्दरता ,जीवनमा हर्ने छाैँ 

संस्कृतिले नै गर्दा त हाम्रो, जीवन रमाइलो छ 

संस्कृतिले नै गर्दा त हाम्रो ,मन भरिपूर्ण छ । 

 

देश हो नेपाल एउटा सानो ,अति सुन्दर देश 

नेपालीहरूको लागि आफ्नै मातृभूमि विशेष

नेपाल देशको पहिचान नै त, संस्कृति रहेछ 

देश नै जस्तै , संस्कृति पनि सुन्दर नै रहेछ