Logo

Student Corner

वातावरण

Written by: Sharvaya Raj Chapagain - 34016, Grade III

Posted on: 07 June, 2024

हाम्रो वरिपरि रहेको सबै जैविक तथा अजैविक वस्तुहरू वातावरण हो। हाम्रो आसपासका सबै सजीव र निर्जीव कुराहरू वातावरणमा समावेश हुन्छ ।  प्राणीको जीवन सम्पूर्ण रूपमा वातावरणमा निर्भर हुन्छ । वातावरणले हाम्रो रक्षा गर्छ। हामीले आफ्नो वातावरणलाई सफा राख्नुपर्छ।  वातावरण प्रदूषण भयो भने यसले विभिन्न रोगहरू निम्त्याउँछ। मानिस र अन्य जीवजन्तुहरूलाई बाँच्न गाह्राे हुन्छ । वातावरण स्वच्छ भएमा मात्र मानिस स्वस्थ बन्न सक्दछ । सफा वातावरणले हाम्रो दिमागलाई पनि ताजा राख्छ र हाम्रो मानसिक स्थिति पनि राम्रो बनाउँछ। हामीले वातावरणको संरक्षण गर्नुपर्छ ।