Logo

Student Corner

फुटबल मेराे राेजाई

Written by: Srishad Shiwakoti - 27026, Grade X

Posted on: 06 June, 2024

संसारमा खेलसने धेरै खेलहरू हुन्छन् । फुटबल, बास्केटबल, बक्सिङ, ब्याडमिन्टन, क्रिकेट, भलिबल,पाेलाे, कबड्डी, टिटी आदि । सबै खेलहरू हाम्रो स्वास्थको लागि राम्रो हुन्छ । हरेक मानिसलाई फरक फरक किसिमकम खेल मन पर्न सक्छ । मलाई फुटबल औधी नै मनपर्छ । फुटबललाई नेपालीमा खुट्टाले हानेर खेलिने भकुण्डो पनि भनिन्छ । फुटबल खेल विश्वको सबै भन्दा लाेकप्रिय खेल हो । यो खेलमा दुई समूहबिच प्रतिस्पर्धा हुन्छ । हरेक समूहमा ११ वटा खेलाडीहरू हुन्छन् । यो खेलमा बल वा भकुण्डोलाई लात्तीले हानेर जालीभित्र छिराउनुपर्छ । जाली जसलाई गोल पोस्ट पनि भनिन्छ । त्यस अगाडि एउटा गोलकिपर पनि हुन्छ । जसले बल रोकेर जालीभित्र जानबाट राेक्छ । यो खेल एक समूह खेल हो । आफ्नो टोली साथीलाई पास गरेर बल अगाडी लग्नुपर्छ जसले धेरै गोल हान्यो त्यसैले खेल जित्छ। फुटबलमा धेरै प्रकारक खेलशैली हुन्छन् । खेलाडीका खेल्ने तरिका पनि फरक फरक हुन्छन् । विभिन्न टिमका विभिन्न स्टेडियम र खेलशैली हुन्छन् । फुटबल खेलेर धेरै खेलाडीहरू  विश्वप्रसिद्ध भएका छन्। 

 

मलाई पनि फुटबल खेलमा धेरै रुचि छ । म फुटबल हेर्छु पनि र खेल्छु पनि । मैले फुटबल हेर्न सुरु गरेको ४-५ बर्ष भयाे । म बेलायतको लिग - प्रिमियर लिग, र जर्मनीको लिग बुन्डेसलिगा हेर्छु । मलाई मनपर्ने खेलाडीहरू हुन्ः क्रिस्टियानो रोनाल्डो, थोमस मुलर, टोनी क्रूस र रोबेर्ट लेवानडोसकी । मलाई मनपर्ने राष्ट्रिय टोली जर्मनी हो भने मनपर्ने क्लब बायर्न म्युनिक र आर्सनल हो । जर्मनीले अहिलेसम्म ४ वटा विश्व कप जितेको छ । बायर्न ले ६ वटा युरो कप जितेको छ भने आर्सनलले १३ वटा बेलायती कप जितेको छ । फुटबलमा सबैभन्दा धेरै गोल, युरोपी कप, ह्याट्रिक रोनाल्डोको छ  । असिस्ट, सुनौलो बल र सुनौलो जुत्ता मेस्सीको छ । विश्वकको सबैभन्दा राम्रो गोलकिपर चाहिँ नयरलाई मानिन्छ । 

फुटबल खेलेर खेलाडीहरूले धेरै पैसा कमाउँछन् ।  म पनि घरमा र विद्यालयमा फुटबल खेल्छु । फुटबल खेल्यो भने शरीर तन्दुरुस्त हुन्छ । अन्य ब्यायामको सट्टा  फुटबल खेल्दा  पनि हुन्छ । फुटबलले खासगरी खुट्टाको ब्यायाम गराउँ छ तर अरू अङ्गहरू पनि फुटबल खेल्दा ब्यायाम भइरहेका हुन्छन् । फुटबल खेल्दा धेरै खुट्टा मड्किने खतरा हुन्छ त्यसैले ध्यान दिएर खेल्नुपर्छ । म धेरै फुटबल खेलहरू हेर्छु । फुटबल खेल्नाले मेरो शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।अहिले मलाई मनपर्ने केही खेलाडीहरू बुढा पनि भइसके। अबका नयाँ खेलाडीहरूमा मुसीयाला, एम्बाप्पे, हालाण्ड, बेलिंग्हम, साका, रास्फोर्ड, आदि ।  फुटबल धेरै नै राम्रो नखेले पनि म आफ्नो तरिकामा राम्रै खेल्छु जस्ताे लाग्छ ।  मेराे फुटबल प्रतिको रुचि कहिले हट्ने छैन । जहिले फुटबलको साथ दिने छु । म फुटबल खेलाडी नै बन्छु त भन्दिन तर एउटा राम्रो फुटबल शुभचिन्तक हुने छु ।