Logo

Student Corner

वातावरण दिवस

Written by: Aryav Dangol - 35003, Grade II

Posted on: 06 June, 2024

वातावरण दिवस हरेक वर्ष जुन ५ मा मनाइन्छ । यस दिन वातावरण सफा राख्नुपर्ने र वातावरणको सुरक्षा गर्नुपर्छ भनेर चेतना फैलाइन्छ । यो दिवस मनाएर मानिसहरूले रुखहरू रोप्छन् । आफ्नो छरछिमेकका ठाउँ सफा गर्छन् र ऱ्यालीमा सहभागी हुन्छन् । यस दिन विद्यार्थीहरूलाई वातावरणको सुरक्षा गर्ने बारे सिकाइन्छ र बगैँचाहरू घुमाएर रुख बिरुवाको महत्त्वको बारेमा जानकारी गराइन्छ।