Logo

Student Corner

डाँडा पारिकाे गाउँ

Written by: Sonu Lama - 27013, Grade X

Posted on: 31 May, 2024

हरियालीले भरिएकाे डाँडा पारिकाे गाउँ

शान्त र हरियालीले छ लाग्छ मलाई त्यहाँ जाऊँ

रुखले दिने त्याे शीतल अनि चिसाे हवा

दाैडिरहेछन् त्यहाँ कति खाेला र नाला 

 

त्याे पारिकाे गाउँ शान्त र सुन्दर ठाउँ

देखिन्छ सुन्दर पक्षीकाे हाउभाउ

गाउँछन् गीत उनीहरू हल्लीहल्ली

फराकिलाे छ ठाउँ भेटिन्न कही गल्ली

 

मिलेर बसेका मानिस, मनमुटु एउटै

सुखदुःखमा साथ सहयाेग पनि एउटै

काम गर्ने मिलीजुली सहयाेगी सबै मन

ध,र्म सँस्कार र परम्परा जाेगाउने सबै  जन 

 

छाेडेर सहर जान खाेजेकाे त्याे गाउँ

आफू जन्मे हुर्केकाे मन पर्ने त्याे ठाउँ

सुन्दर संसार मायाकाे खानी

सहरमा बसेँ म किन जानी नजानी ।